तामाकोशीको परीक्षण उत्पादन आगामी मंसिरमा : मन्त्री पुन « Khabarhub

तामाकोशीको परीक्षण उत्पादन आगामी मंसिरमा : मन्त्री पुन


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा –  मुलुककै राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्रताका साथ भइरहेको छ । आयोजनास्थल दोलखाको विगु गाउँपालिका वडा नम्बर १, गोंगर पुगेर आयोजना निर्माणको अध्ययन भ्रमणपछि उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले आयोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढेको बताएका हुन् ।

उर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि दोश्रो पटक आयोजना स्थल पुगेका मन्त्री पुनले निर्धारित समय भित्रै निर्माण सम्पन्न गर्ने गरी आयोजनाको काम भइरहेकोमा खुशी व्यक्त गरे । उनले ठूला आयोजना नेपालीले गर्न सक्छन् भन्ने कुराको नमूना नै माथिल्लो तामाकोशी जलविद्युत् आयोजना रहेको टिप्पणी गरे ।

मन्त्री पुनले मुलुककै ठूलो आयोजना भएकाले साना ठूला समस्या आइ नै रहने भएपनि पछिल्लो समयमा भएको निर्माणको गतिलाई हेर्दा २०७६ मंसिरमा नै आयोजनाले परीक्षण उत्पादन गर्नेमा आफू विश्वस्त भएको प्रतिक्रिया दिए ।

उर्जा मन्त्री पुनसंगै राष्ट्रिय योजना आयोगका सदस्य कृष्ण प्रसाद ओली, नेपाली विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको अध्ययन टोलीलाई आयोजनाका प्रमुख कार्यकारी विज्ञान प्रसाद श्रेष्ठले निर्माण कार्यमा भएको प्रगती तथा समस्या र चुनौतिबारेमा जानकारी गराएका थिए ।

अहिलेसम्म प्रसारण लाईन तथा सबस्टेसन निर्माणको ८५ प्रतिशत काम पुरा भएको र त्यसका लागि ४४ अर्ब ७ करोड रुपैया खर्च भइसकेको जनाइएको छ । निर्माण अवधिको व्याज १९ अर्ब ८४ करोड सहित आयोजनाको अनुमानित लागत ६९ अर्ब ५९ करोड रुपैया रहेको छ । २०६५ सालमा ३५ अर्ब २९ करोड लागत अनुमान गरिएको यस आयोजनाको २०७४ पुसमा ४९ अर्ब २९ करोड रुपैया लागत पुगेको थियो ।

आयोजनाका प्रमुख कार्यकारी श्रेष्ठले आगामी मंसिरमा परीक्षण उत्पादन सुरु गर्ने गरी काम भइरहेको र व्यवसायिक उत्पादनका लागि थप केही समय लाग्ने बताए । मन्त्री पुनको टोलीले आयोजनाको बाँध, सुरुङ तथा विद्युत्गृहको अवलोकन गरेको थियो ।

यसैबीच मन्त्री पुनले पुनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका ठेकेदारहरुलाई समयमै आयोजना निर्माणको काम सक्न निर्देशन समेत दिएका छन् ।

आयोजना निर्माणको क्रममा देखिने साना तिना समस्या समाधानका लागि निर्माण कार्यसंग जोडिएका सबै पक्षबीच निरन्तर छलफल र परामर्श हुनु अत्यावश्यक भएको भन्दै उनले मासिक रुपमा कार्यसमिक्षा बैठक बस्ने व्यवस्था मिलाउन पनि निर्देशन दिए ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ५ : २२ बजे

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन