कुवेतविरुद्ध दोस्रो मैत्रीपूर्ण खेलका लागि नेपाली टोली तयार | Khabarhub Khabarhub

कुवेतविरुद्ध दोस्रो मैत्रीपूर्ण खेलका लागि नेपाली टोली तयार


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि कुवेत पुगेको नेपाली फुटबल टोलीले आज (सोमबार) कुवेतसँग आफ्नो दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा गोलरहित बराबरी खेलेको नेपाल आजको खेलमा सकारात्मक नतिजाको खोजिमा रहनेछ ।
खेल नेपाली समयअनुसार ९ बजेर १५ मिनेटमा शूरु हुनेछ । खेलको पूर्वसन्ध्यामा नेपालका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतसँग खेलमा पनि बराबरी खेल्ने लक्ष्य रहेको बताएका छन् ।

कुवेतविरुद्धको दोस्रो खेलमा पनि नेपाली टोलीको शूरुआती—११ मा पहिलो खेलकै खेलाडी मैदान उत्रिने सम्भावना रहेको छ । नेपाल भन्दा बलियो टोली कुवेतलाई गोलकिपर किरण कूमार लिम्बुले उत्कृष्ट प्रदर्शन गर्दै बराबरीको नतिजा निकाल्न योगदान दिएका थिए ।

यस्तै, पहिलो मैत्रीपूर्ण खेलमा पाँच जना खेलाडीले डेब्यु गरेका थिए । बिमल राना, अजित भण्डारी, रवि पासवान, सन्तोष तामाङ र सुरज विश्वकर्माले डेब्यु गरेका हुन ।

नेपाली टोली

गोलकिपर : किरण चेम्जोङ, विकेट कुथु र विशाल श्रेष्ठ

डिफेन्डर : रोहित चन्द, अजित भण्डारी, रवि सिलवाल, सुरज विश्वकर्मा, रञ्जित धिमाल , विराज महर्जन, सरोज दाहाल, देबेन्द्र तामाङ

मिडफिल्डर : रवि पासवान, टंक बस्नेत, सन्तोष तामाङ, बिक्रम लामा, बिशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ

फरवार्ड : रन्जन विष्ट, सुमन लामा, भरत खवास, विमल राना, नवयुग श्रेष्ठ, आशिष लामा

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ६ : ०९ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित