हाइड्रो पावरको भान्सामा ग्यास सिलिण्डर विस्फोट, २ जनाको मृत्यु « Khabarhub

हाइड्रो पावरको भान्सामा ग्यास सिलिण्डर विस्फोट, २ जनाको मृत्यु


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री हाइड्रो पावरको भान्सामा एलपी ग्यासको सिलिण्डर विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ ।

हाइड्रो पावरमा कार्यरत मजदुरले खाजा पाकाउँदा सोमबार अपराह्न ४ : ४५ बजे सिलिण्डर विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मुकुन्द मरासिनीले जानकारी दिए ।

मरासिनीका अनुसार सिलिण्डर विस्फोट पछि २ जना मजदुर बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी छ । भारी वर्षाका कारण हराएकाहरुको खोजीमा कठिनाइ भइरहेको एसपी मरासिनीले खबरहबलाई जानकारी दिए ।

मृत्यु भएकाको नाम भने खुल्न बाँकी छ ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ६ : ५६ बजे

त्रिविले १७ क्याम्पसलाई भन्यो : तत्काल स्ववियु निर्वाचन अघि बढाऊ

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नभएका

चैत १७ देखि २० गतेसम्म पुष्प मेला हुने

काठमाडौँ – पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित यही चैत

इटहरी गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

काठमाडौँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण

उपनिर्वाचनका विषयमा छलफल गर्न जसपाद्वारा बैठक आह्वान

काठमाडौँ – आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल

स्व गिरिजाबाबु सबै दलका अभिभावक : महामन्त्री शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री तथा सङ्घीय सांसद विश्वप्रकाश शर्माले