रोहितको उत्कृष्ट ब्याटिङमा आध्र प्रदेशविरुद्ध नेपालको रोमाञ्चक जीत « Khabarhub

रोहितको उत्कृष्ट ब्याटिङमा आध्र प्रदेशविरुद्ध नेपालको रोमाञ्चक जीत


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यू–१९ विश्वकप एसिया छनोटको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली यु—१९ टोलीले तेस्रो खेलमा आध्र प्रदेशमाथि रोमाञ्चक जीत हात पारेको छ । नेपाली टोलीले आन्ध्र प्रदेश यू–१९ टोलीमाथि १ विकेटको जीत हात पारेको हो ।

पहिलो ब्याटिङ गरेको घरेलु टोलीले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले ४७ ओभर ३ बलमा ९ विकेट गुमाएर २ सय ३० रन बनाउँदै लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ६ चौका र २ छक्काको मद्दतमा ७१ रन बनाए । त्यस्तै, भीम सार्की अर्धशतक बनाउनबाट मात्रै एक रनले चुकेका थिए । उनले ४९ रन बनाए भने सन्दीप जोराले १९ रन बनाएका थिए ।

नेपालविरुद्ध आध्र प्रदेशका एसएमडी कामीले ५ विकेट लिएका थिए । यसअघि पहिलो ब्याटिङ गरेको आध्र प्रदेशले ४९.१ ओभरमा सबै विकेट गुमाएर २ सय २७ रन बनाउँदा आध्र प्रदेशका बी योगानन्दले ५९ रन बनाए । यस्तै, नितिस कुमारले ५१ रन, पी सुब्रमुन्यमले ४५ रन र रामप्रसाद २६ रन बनाएका थिए ।

आध्र प्रदेशविरुद्ध नेपालका कमल सिंंह ऐरीले ४ विकेट लिए भने पवन सरार्फले ३ र प्रतिश जिसी, राशिद खान र सागर ढकाल समान एक—एक विकेट लिएका थिए । नेपालले यसअघि खेलेका २ खेलमा १ खेलमा जीत हात पारेको थियो भने दोस्रो खेलमा हार व्यहोरेको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ७ : ५८ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई