रोहितको उत्कृष्ट ब्याटिङमा आध्र प्रदेशविरुद्ध नेपालको रोमाञ्चक जीत « Khabarhub

रोहितको उत्कृष्ट ब्याटिङमा आध्र प्रदेशविरुद्ध नेपालको रोमाञ्चक जीत


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यू–१९ विश्वकप एसिया छनोटको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली यु—१९ टोलीले तेस्रो खेलमा आध्र प्रदेशमाथि रोमाञ्चक जीत हात पारेको छ । नेपाली टोलीले आन्ध्र प्रदेश यू–१९ टोलीमाथि १ विकेटको जीत हात पारेको हो ।

पहिलो ब्याटिङ गरेको घरेलु टोलीले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले ४७ ओभर ३ बलमा ९ विकेट गुमाएर २ सय ३० रन बनाउँदै लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ६ चौका र २ छक्काको मद्दतमा ७१ रन बनाए । त्यस्तै, भीम सार्की अर्धशतक बनाउनबाट मात्रै एक रनले चुकेका थिए । उनले ४९ रन बनाए भने सन्दीप जोराले १९ रन बनाएका थिए ।

नेपालविरुद्ध आध्र प्रदेशका एसएमडी कामीले ५ विकेट लिएका थिए । यसअघि पहिलो ब्याटिङ गरेको आध्र प्रदेशले ४९.१ ओभरमा सबै विकेट गुमाएर २ सय २७ रन बनाउँदा आध्र प्रदेशका बी योगानन्दले ५९ रन बनाए । यस्तै, नितिस कुमारले ५१ रन, पी सुब्रमुन्यमले ४५ रन र रामप्रसाद २६ रन बनाएका थिए ।

आध्र प्रदेशविरुद्ध नेपालका कमल सिंंह ऐरीले ४ विकेट लिए भने पवन सरार्फले ३ र प्रतिश जिसी, राशिद खान र सागर ढकाल समान एक—एक विकेट लिएका थिए । नेपालले यसअघि खेलेका २ खेलमा १ खेलमा जीत हात पारेको थियो भने दोस्रो खेलमा हार व्यहोरेको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ७ : ५८ बजे

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान