विप्लवद्वारा विज्ञप्ति, आन्दोलनका कार्यक्रम सार्वजनिक « Khabarhub

विप्लवद्वारा विज्ञप्ति, आन्दोलनका कार्यक्रम सार्वजनिक


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– आफ्ना नेता कार्यकर्तामाथि धरपकड भएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

स्थायी कमिटि सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई पक्राउ गरेको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको महासचिव विप्लद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएर देशलाई गृहयुद्धतर्फ धकेल्न लागेको भन्दै चैत १६ गते नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । चैत १३ गते देशभर जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, चैत १६ गते शनिबार नेपाल बन्द, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय सङ्गठनका विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने विप्लवले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेछ छ ।

चैतभित्र पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध नहटाएमा र शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा सरकारका कार्यक्रमहरूविरुद्ध प्रतिबन्ध लगाउनेभनिएको छ । आजैमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्रभित्र विप्लव नेतृत्वको नेकपामाथि नियन्त्रण गरिसक्ने दाबी गरेका थिए ।

यस्तो छ विज्ञप्ति

 

 

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  १० : २१ बजे

एनएमबि बैंकको ३० औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा

विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन कति सम्भव ?

काठमाडौं– यतिबेला देशकै ठूलो पार्टी नेपाली कांग्रेसको विशेष महाधिवेशनको विषय

निषाद जातिको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ 

काठमाडौं– सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न आदेश

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

जानकी– जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता

‘विशेष महाधिवेशनकै दिन पार्टी कार्यालयमा भेला राखेर संस्थापन पक्षले मुठभेड गर्न खोज्यो’

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले आफुहरुले विशेष महाधिवेशन राखेकै