विप्लवद्वारा विज्ञप्ति, आन्दोलनका कार्यक्रम सार्वजनिक « Khabarhub

विप्लवद्वारा विज्ञप्ति, आन्दोलनका कार्यक्रम सार्वजनिक


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– आफ्ना नेता कार्यकर्तामाथि धरपकड भएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

स्थायी कमिटि सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई पक्राउ गरेको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको महासचिव विप्लद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएर देशलाई गृहयुद्धतर्फ धकेल्न लागेको भन्दै चैत १६ गते नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । चैत १३ गते देशभर जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, चैत १६ गते शनिबार नेपाल बन्द, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय सङ्गठनका विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने विप्लवले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेछ छ ।

चैतभित्र पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध नहटाएमा र शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा सरकारका कार्यक्रमहरूविरुद्ध प्रतिबन्ध लगाउनेभनिएको छ । आजैमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्रभित्र विप्लव नेतृत्वको नेकपामाथि नियन्त्रण गरिसक्ने दाबी गरेका थिए ।

यस्तो छ विज्ञप्ति

 

 

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  १० : २१ बजे

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

खोटाङ– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन

प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द

लन्डन- बेलायतको हवाई यातायात व्यवस्थापन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण मंगलबार देशभर एक हजारभन्दा बढी उडान

माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम

बागलुङ– बागलुङका उत्पादनयोग्य माटोमा अम्लीयपन बढ्दै गएको पाइएको छ। कृषि

भोटेकोशी बाढी : एक हजार ३६७ शव भेटिए

काठमाडौं– रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार ३६७

रसुवा बाढीपछि पुनरुत्थान प्याकेज अघि बढाउँदै सरकार

काठमाडौं– सरकारले रसुवा बाढीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न