काठमाडौं– चार वर्षअघि आजकै दिन गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले भत्किएका ४ सय ९ वटा स्वास्थ्य संस्थाको अझै पुनःनिर्माण हुन सकेको छैन ।
२०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण देशभरका १ हजार १ सय ९७ वटा स्वास्थ्य संस्थाहरु भत्किएका थिए । राष्ट्रिय पुनःनिर्माण प्राधिकारणले सार्वजनिक गरेको तथ्यांक अनुसार ४ सय ९ वटा स्वास्थ्य संस्थाहरुको अझैसम्म पुन: निर्माण शुरु भएको छैन ।
पुनः निर्माण शुरु नभएका स्वास्थ्य संस्थाहरुमध्ये १ सय ८१ पूर्ण क्षति भएका र २ सय २८ वटा आंशिक क्षति भएका छन् ।
भूकम्पले भत्किएका स्वास्थ्य संस्थामध्ये ६ सय ४३ वटा पुनःनिर्माण सम्पन्न भएको प्राधिकारणले जनाएको छ । जसमा ३ सय १२ वटा पूर्ण क्षति भएका थिए भने ३ सय ५३ वटा आंशिक क्षति पुगेको थियो ।
२०७२ सालमा गएको भूकम्पले भत्काएका १ सय ४५ वटा स्वास्थ्य संस्थाको पुन: निर्माणको काम भइरहेको प्राधिकारणले जनाएको छ ।
प्रतिक्रिया