निरन्तर भूकम्पको धक्का, अझै भूकम्पीय जोखिम « Khabarhub

निरन्तर भूकम्पको धक्का, अझै भूकम्पीय जोखिम


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपालमा गोरखा भूकम्पको चार वर्ष बित्दा पनि परकम्प जाने क्रम रोकिएको छैन । भूकम्पीय जोखिमका हिसाबले नेपाल अझै जोखिममा रहेको विज्ञहरूले बताएका छन् । गोरखाको बारपाक केन्द्र भई ७ दशमलव ६ रेकटर स्केलको भूकम्प गएको आज(बिहीबार) चार वर्ष बितेको छ ।

गोरखा भूकम्पपछि नेपालको भौगर्भिक अध्ययन अनुसन्धान गरेका विज्ञहरूले अझै ठूलो भूकम्पको जोखिम रहेको औंल्याएका छन् । गोरखाभन्दा पूर्वक्षेत्रमा ठूलो असर पर्नेगरी भूकम्प गए पनि पश्चिम नेपालमा भने कुनै असर पुर्‍याएको थिएन । भूकम्पीय जोखिम कायमै रहेकाले सचेत हुनपर्नेमा विज्ञहरूले सुझाएको राजधानी दैनिकमा खबर छ।

फ्रान्सको पेरिसस्थित पीएसएल रिसर्च युनिभर्सिटीका प्राध्यापक शिव सुवेदीको नेतृत्वमा भएको वैज्ञानिकहरूको टोलीले लामो समय लगाएर गरेको भौगर्भिक अध्ययनले नेपालको पश्चिम क्षेत्रमा अझै ८ रेक्टर स्केलभन्दा ठूलो भूकम्प जान सक्ने निष्कर्ष निकालेका छन् । १२ वैशाख २०७२ को भूकम्पको समयमा सरकारको खानी तथा भूगर्भ विभागको महानिर्देशकसमेत रहेको विज्ञ लोकविजय अधिकारी र सुर्खेतस्थित क्षेत्रीय भौगर्भिक अध्ययन केन्द्रका रत्नमणि गुप्ता सम्मिलित वैज्ञानिकको टोलीले अझै भूकम्पीय जोखिम अन्त्य नभएको निष्कर्ष निकालेका हुन् ।

नेपाली विज्ञहरूसँगै पीएसएल रिसर्च युनिभर्सिटीका हेलेन लियोन केन, आर्यजोन फ्रान्सका विशेषज्ञ लाउरेन्ट वोलिंगर, पेरिसकै इन्स्टिच्युट अफ फिजिकसदी ग्लोब फ्रान्सका भेरोन्क्वी फररा, इन्स्टिच्युट अफ अर्थ साइन्स, युनिभर्सिटी अफ लाउसान्ने स्विजरल्यान्डका ग्योर्गी हेनेन्वी र युनिभर्सिटी अफ स्ट्रस्वर्ग फ्रान्सका जेरोमी भेग्र्ने सम्मिलित विज्ञहरूले लामो समय नेपालको पश्चिम क्षेत्रको भौगर्भिक अध्ययन गरेका थिए । आफूहरूले गरेको अध्ययनले नेपालको पश्चिम क्षेत्रमा अझै ठूलो भूकम्प जान सक्ने संकेत पाएको अध्ययन टोली सदस्य लोकविजय अधिकारीले जानकारी दिए ।

बिचौलियाको कब्जामा खुल्लामञ्च, सटर बनाउन लुकिछिपी कार्यादेश शीर्षकको समाचारमा अस्थायी बसपार्कका लागि आफैंले सम्झौता गरेर दिएको खुलामञ्चलाई काठमाडौं महानगरपालिकाले मनलाग्दी रूपमा व्यापारिक सटर निर्माण गर्न बिचौलियालाई कार्यादेश दिएको पाइएको छ । हाल अस्थायी रूपमा सञ्चालनमा रहेको खुल्लामञ्चभित्रको बसपार्कलाई निर्माण कम्पनीले सञ्चालन तथा प्रयोग गर्न मिल्ने गरी महानगरपालिकाको गत १७ फागुनमा बसेको नगरकार्यपालिकाको बैठकले कार्यादेश दिएको हो । नगरकार्यपालिकाको बैठकले दिएको कार्यादेशको पत्र गत २२ फागुनमा निर्माण कम्पनीलाई पठाइसकिएको छ ।

सो पत्रमा पूर्वसहमतिलाई कायम राख्दै निर्माण कम्पनीलाई अस्थायी बसपार्कको सञ्चालन र प्रयोग गर्न कार्यादेश दिइएको उल्लेख छ । सो पत्रमा निर्देशक महेश काफ्लेको हस्ताक्षर छ ।

तर, महानगर प्रमुख विद्यासुन्दर शाक्यले भने व्यापारिक प्रयोजनका लागि सटर बनाउने गरी निर्माण कम्पनीलाई महानगरले सहमति नदिएको बताए । ‘महानगरले व्यापारिक प्रयोजनका लागि सटर बनाउन सहमति दिएको छैन, सम्झैताविपरीत भए भत्काउँछौं,’ महानगर प्रमुख शाक्यले राजधानीसँग भने । उनले सो विषयको छानबिनका लागि महानगरपालिकाले उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा छानबिन समिति बनाएको समेत जानकारी दिए । सो समितिको प्रतिवेदनका आधारमा महानगरपालिकाले कारबाही अघि बढाउने उनले बताएका हुन् ।

त्यस्तै पत्रिकाले बालविवाहलाई राज्यमन्त्रीको प्रोत्साहन, स्थानीय तहबाट खर्च विवरण मागिनेलगायतका समाचारलाई प्राथमिकताका साथ छापेको छ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ७ : १५ बजे

विदेशमा लगानी गर्ने हो कि देशमा भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाए शाहीले

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य

ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु, १३ घाइते

एजेन्सी– उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु

कांग्रेस एकताका लागि नेतृत्वको गम्भीर पहल आवश्यक : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकताका