काठमाडौँ – ०७२ सालमा वैशाख १२ गते गएको भूकम्पको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा. प्रमोदकुमार श्रेष्ठले कार्यकक्ष वरिपरि शवै शव देखे ।
अनगिन्ति शवको पहिचान कसरी गर्ने ? यो चिन्तासँगै सनाखत गरी आफन्तलाई कसरी बुझाउने पोस्टमार्टम गर्ने चिकित्सकलाई चुनौती भयो । यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।
कतिपय शव टुक्रा–टुक्रा भएका थिए । ‘शव सुरक्षित राख्न पर्याप्त फ्रिज थिएनन् । बत्ती थिएन। बरफ पनि पाइएन, डा. श्रेष्ठले भने त्यस्तो अवस्थामा शव कुहिएर गन्हाउन थाले ।’
पहिचान गर्न कठिन भएका शवको सामूहिक दाहसंस्कार गर्न प्रहरीले आग्रह गरे पनि चिकित्सकले मानेनन् ।
डा. श्रेष्ठ भन्छन्, ‘दाँतको अवस्था र डीएनए परीक्षणबाट पत्ता लगाएर शव जिम्म लगाइयो ।’
यसरी सनाखत गदाए पनि ३४ शवको सनाखत हुन सकेन । ती सबैको पोस्टमार्टम गरी सबै विवरण सुरक्षित राखेर शवलाई फरेन्सिक विभाग परिसरमै गाडियो ।
‘सनाखत नभएका शव स्टोर गर्न ४/५ फिट मुनि गाडेर राखियो । बाहिरबाट नम्बर राखियो । पछि आफन्त आएपछि ३ शव निकालेर बुझाइयो,’ उनले भने ।
प्रतिक्रिया