लामखुट्टेबाट बच्नुस्, यस्ता लक्षण देखिए हुनसक्छ औलो रोग « Khabarhub

लामखुट्टेबाट बच्नुस्, यस्ता लक्षण देखिए हुनसक्छ औलो रोग


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सरकारले औलो रोग नियन्त्रणको लागि वार्षिक करोडौं बजेटका कार्यक्रमहरु गर्ने भएपनि नेपालमा औलो रोग अझै नियन्त्रणमा आउन सकेको छैन।  औलो रोग लमखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । प्लाज्मोडियम फाल्सपेरम र प्लाज्मोडियम भाइभेक्स गरी औलो रोगको परजीविहरु दुई थरीका हुन्छन् ।

यी मध्यये प्लाज्मोडियम फाल्सिपेरम जातको औलो परजीवि बढी घातक हुन्छ ।
प्लाज्मोडियम फाल्सिपेरम जाताको औलो परजीविले औलोबाट मानिसको मृत्यु समेत हुन्छ ।

औलो कसरी सर्छ ?
एनोफिलिस जातको औलेको परजीविबाट संक्रमित पोथी लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्यो भने लामखुट्टेको ¥यालसँग्ै औलोका परजीविहरु रगतको प्रवाहमा सर्छन् ।

औलो रोग लागेको यसरी थाहा पाउने ?

–ज्वरो आउने,

–ज्वरोसँगै धेरै जाडो वा गर्मी हुने र पसिना आउने ,

–ज्वरो केही समय बिराई वा नियमित आउनु,

–रक्तअल्पता हुनु,

– लामो समयसम्म ग्रसित पारेमा फियो बढ्नु र उपचार नगरेमा फियोको आकार वृद्धि हुनु ।

औलो रोग लागेको व्यक्तिमा मस्तिष्क ज्वोरोमा बिरामीको मस्तिष्क कार्यप्रणालीमा असर भई टाउको दुख्ने, वान्ता हुने, बेहोस हुने र समयमा उपचार नपाएमा बिरामीको मृत्यु समेत हुने गर्छ ।

औलो रोगबाट कसरी बच्ने ?

–लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो ।

–औलो रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्न कीटनाशक युक्त झुलको प्रयोग गर्ने,

–घरको झ्यालढोकामा जालीको प्रयोग गर्ने,

–लामखुट्टेको भगाउने धुपको प्रयोग गर्ने,

–पुरा बाहुला भएको लुगा लागउने,

–शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने,

–घर गोठमा कीठनाशक औषधि छर्केर लामखुट्टे नास गर्ने,

– खाल्डोमा पानी जमेको ठाउँ तुरुन्तै पुरिदिएर लामखुट्टेका लार्भाहरु तथो बच्चा विनास गर्ने ।

औलोको उपचार कसरी  हुन्छ ?
ज्वरो आएका रगत परीक्षणबाट औलो रोग लागेको प्रमाणित भएमा स्वास्थ्यकर्मीको सल्लाह अनुसार उपचार गर्ने । स्वास्थ्यसंस्थामा औलो रोगको औषधि निशुल्क पाइन्छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  १२ : ०५ बजे

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार

रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज