लामखुट्टेबाट बच्नुस्, यस्ता लक्षण देखिए हुनसक्छ औलो रोग « Khabarhub

लामखुट्टेबाट बच्नुस्, यस्ता लक्षण देखिए हुनसक्छ औलो रोग


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सरकारले औलो रोग नियन्त्रणको लागि वार्षिक करोडौं बजेटका कार्यक्रमहरु गर्ने भएपनि नेपालमा औलो रोग अझै नियन्त्रणमा आउन सकेको छैन।  औलो रोग लमखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । प्लाज्मोडियम फाल्सपेरम र प्लाज्मोडियम भाइभेक्स गरी औलो रोगको परजीविहरु दुई थरीका हुन्छन् ।

यी मध्यये प्लाज्मोडियम फाल्सिपेरम जातको औलो परजीवि बढी घातक हुन्छ ।
प्लाज्मोडियम फाल्सिपेरम जाताको औलो परजीविले औलोबाट मानिसको मृत्यु समेत हुन्छ ।

औलो कसरी सर्छ ?
एनोफिलिस जातको औलेको परजीविबाट संक्रमित पोथी लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्यो भने लामखुट्टेको ¥यालसँग्ै औलोका परजीविहरु रगतको प्रवाहमा सर्छन् ।

औलो रोग लागेको यसरी थाहा पाउने ?

–ज्वरो आउने,

–ज्वरोसँगै धेरै जाडो वा गर्मी हुने र पसिना आउने ,

–ज्वरो केही समय बिराई वा नियमित आउनु,

–रक्तअल्पता हुनु,

– लामो समयसम्म ग्रसित पारेमा फियो बढ्नु र उपचार नगरेमा फियोको आकार वृद्धि हुनु ।

औलो रोग लागेको व्यक्तिमा मस्तिष्क ज्वोरोमा बिरामीको मस्तिष्क कार्यप्रणालीमा असर भई टाउको दुख्ने, वान्ता हुने, बेहोस हुने र समयमा उपचार नपाएमा बिरामीको मृत्यु समेत हुने गर्छ ।

औलो रोगबाट कसरी बच्ने ?

–लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो ।

–औलो रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्न कीटनाशक युक्त झुलको प्रयोग गर्ने,

–घरको झ्यालढोकामा जालीको प्रयोग गर्ने,

–लामखुट्टेको भगाउने धुपको प्रयोग गर्ने,

–पुरा बाहुला भएको लुगा लागउने,

–शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने,

–घर गोठमा कीठनाशक औषधि छर्केर लामखुट्टे नास गर्ने,

– खाल्डोमा पानी जमेको ठाउँ तुरुन्तै पुरिदिएर लामखुट्टेका लार्भाहरु तथो बच्चा विनास गर्ने ।

औलोको उपचार कसरी  हुन्छ ?
ज्वरो आएका रगत परीक्षणबाट औलो रोग लागेको प्रमाणित भएमा स्वास्थ्यकर्मीको सल्लाह अनुसार उपचार गर्ने । स्वास्थ्यसंस्थामा औलो रोगको औषधि निशुल्क पाइन्छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  १२ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै