टिक टकमाथि भारतमा लगाइएको प्रतिबन्ध फुकुवा « Khabarhub

टिक टकमाथि भारतमा लगाइएको प्रतिबन्ध फुकुवा


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


नयाँ दिल्ली– मनोरञ्जनात्मक चिनियाँ एप टिक टकमाथि भारतमा लगाइएको प्रतिबन्ध हटाइएको छ । मद्रास उच्च अदालतले बुधबार टिक टकमाथिको प्रतिबन्ध फुकुवा गरेको हो ।

भारतको सर्वोच्च अदालतको विशेष आदेशपछि मद्रास उच्च अदालतले टिक टकमाथि प्रतिबन्ध हटाएको हो ।

गत सोमबार भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोइ नेतृत्वको इजलाशले टिकटकमाथि लगाइएको प्रतिबन्धबारे छिटो फैसला गर्न नभए, तत्काल प्रतिबन्ध हटाउन उच्च अदालत मद्रासका नाममा आदेश जारी गरेको थियो ।

भारत लगाइएको प्रतिबन्धका कारण टिक टकको प्याटेन्ट राइट चिनियाँ कम्पनी बाइट डान्स टेकलाई दैनिक ५ लाख अमेरिकी डलर घाटा भइरहेको थियो ।

समाचार संस्था रोयटर्सका अनुसार चिनियाँ कम्पनी चिनियाँ कम्पनी बाइट डान्स टेकले गत शनिबार मात्रै अदालतलाई उक्त जानकारी दिएको थियो ।

मद्रास उच्च अदालतले ३ अप्रिलमा आदेश जारी गर्दै टिक टक एप डाउनलोड गर्न नमिल्ने बनाउन भनेको थियो । उच्च अदालतको तर्क थियो कि टिक टकले पोर्नोग्राफीलाई बढावा दिइरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  १२ : ५३ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी