‘निर्वाचन क्षेत्र विकास कोषका लागि बजेट माग्नु संघीयता विरोधी’ « Khabarhub

‘निर्वाचन क्षेत्र विकास कोषका लागि बजेट माग्नु संघीयता विरोधी’


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सांसदहरुले निर्वाचन क्षेत्र विकास कोषका लागि बजेट मागेकोप्रति राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असन्तुष्टि व्यक्त गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले संघ र प्रदेशका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा पनि निर्वाचन क्षेत्र विकास कोषका लागि ४ करोडसम्मको बजेट माग्ने काम संघीयता विरोधि भएको उल्लेख गर्दै आपत्ति समेत जनाए ।

बिहीबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले स्थानीय तह र प्रदेशमा समेत जनप्रतिनिधिहरु रहेकाले अव सांसदहरुले निर्वाचन क्षेत्र विकास कोषका लागि बजेट माग्न नमिल्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले वडा र गाउँ तहलाई समृद्ध बनाउने गरी बजेट विनियोजन गरे सांसदहरुका लागि निर्वाचन क्षेत्र विकास कोषका लागि बजेट विनियोजन गरिरहन नपर्ने पनि बताए ।

सांसदहरुले आफू खुसी खर्च गर्न बजेट मागे त्यसले संघीयतालाई बलियो नभई कमजोर बनाउने अध्यक्ष तिमिल्सिनाको तर्क छ ।

अध्यक्ष तिमिल्सिनाले प्रदेश र स्थानीय सरकारलाई आर्थिक अधिकारसहितको कानून निर्माण र कार्यान्वयनको तहमा संघीय सरकारलाई सचेत गराउन पनि संसदीय समितिहरुको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  २ : २३ बजे

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

अर्घाखाँची– डिभिजन वन कार्यालयले अर्घाखाँचीस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन– चितवनस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक

फिल्मको व्यापार चौपट, स्टारहरूकै बिजोग

काठमाडौं – २०८२ सालको फागुन अन्तिमसम्म आइपुग्दा यस वर्ष करिब

स्वरोजगारका लागि सीपमूलक तालिम

कञ्चनपुर– स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले १३३

प्राकृतिक उपचारका लागि सिंगा तातोपानीमा भीड

म्याग्दी– कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि