महिलामा हुने विभेद व्यावहारिक रुपमा अन्त्य गरिनुपर्छ– मन्त्री बाँस्कोटा | Khabarhub Khabarhub

महिलामा हुने विभेद व्यावहारिक रुपमा अन्त्य गरिनुपर्छ– मन्त्री बाँस्कोटा


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महिलामा हुने विभेदलाई व्यावहारिक रुपमा अन्त्य गरिनुपर्नेमा जोड दिएका छन् ।

‘इन्टरनेश्नल गल्र्स इन आइसिटी डे’ का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा विहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले कानूनीरुपमा महिलामा विभेद नभए पनि यसले व्यावहारिक रुप लिन नसकेकाले सरकार र सरोकारवाला सङ्घ/संस्थाले पहल गर्नुपर्नेमा जोड दिए ।

“कानूनीरुपमा महिलामा शिक्षा, स्वास्थ्य, नागरिकता र सम्पत्तिको अधिकार सुनिश्चित भएको छ तर व्यावहारिक रुपमा पछाडि पारिएकाले हामी सबै मिलेर त्यसको समाधान गर्नुपर्छ”, सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले भने ।

सूचना, सञ्चार र प्रविधि सदुपयोग गरेर योे क्षेत्रमा महिलाको बढीभन्दा बढी सहभागिता हुनुपर्नेमा जोड दिँदै उनले भ्रष्टाचार अन्त्यका लागि पनि यस क्षेत्रमा महिलाको सहभागितामा वृद्धि गर्नुपर्ने बताए ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारले अघि सारेको ‘डिजिटल नेपाल’को अभियानलाई साकार बनाउन सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेको बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  २ : १० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’