श्रीलंकामा फेरि अर्को विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो | Khabarhub Khabarhub

श्रीलंकामा फेरि अर्को विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कोलम्बो– श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को विस्फोट भएको छ ।

राजधानी कोलम्बोभन्दा ४० किलोमिटर पूर्वमा रहेको पुगोडा शहरको मजिस्ट्रेट कोर्टनजिक विस्फोट भएको श्रीलंकाली प्रहरीका प्रवक्ता रुवान गुनसेकराले जनाएका छन् ।

खुला स्थानमा विस्फोट भएकाले कुनै मानवीय क्षति भने नभएको बताइएको छ । प्रहरीले विस्फोटनबारे अनुसन्धान शुरु गरेको गुनसेकराले जनाएका छन् ।

यसैबीच, आइतबार मुलुकका तीन शहरमा भएका विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुगेको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले विस्फोटनमा ज्यान गुमाउनेको सङ्ख्या ३ सय ५९ पुगेको जनाएको थियो ।

उपचारका क्रममा एक घाइतेको ज्यान गएपछि ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुगेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  २ : ४८ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति