श्रीलंकामा फेरि अर्को विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो « Khabarhub

श्रीलंकामा फेरि अर्को विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कोलम्बो– श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को विस्फोट भएको छ ।

राजधानी कोलम्बोभन्दा ४० किलोमिटर पूर्वमा रहेको पुगोडा शहरको मजिस्ट्रेट कोर्टनजिक विस्फोट भएको श्रीलंकाली प्रहरीका प्रवक्ता रुवान गुनसेकराले जनाएका छन् ।

खुला स्थानमा विस्फोट भएकाले कुनै मानवीय क्षति भने नभएको बताइएको छ । प्रहरीले विस्फोटनबारे अनुसन्धान शुरु गरेको गुनसेकराले जनाएका छन् ।

यसैबीच, आइतबार मुलुकका तीन शहरमा भएका विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुगेको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले विस्फोटनमा ज्यान गुमाउनेको सङ्ख्या ३ सय ५९ पुगेको जनाएको थियो ।

उपचारका क्रममा एक घाइतेको ज्यान गएपछि ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुगेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  २ : ४८ बजे

भोटेकोशी बाढी प्रभावितका लागि इटहरीमा राहत सामग्री संकलन (तस्बिरहरू)

काठमाडौं– नेपाल जेसीजको आह्वानमा सुरू गरिएको अभियानअन्तर्गत पछिल्लो तीनदिनदेखि खाद्यान्न,

अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन

काठमाडौं– सन् २०२६ को अगस्ट महिनामा विभिन्न मुलुकबाट ८५ हजार

बाढीपीडितलाई गैँडाकोटको ३५ लाख सहयोग

नवलपुर– गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावितका

विपद् व्यवस्थापनमा सरकार चुकेको कुरा उठ्यो, नेपालले नसके अन्तर्राष्ट्रिय विज्ञको सहयोग लिन सुझाव

काठमाडौं- रसुवालगायत भदौ १० को भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार

बेत्रावतीको एउटै घरमा २२ शव सडिसक्दासम्म कहाँ थियो सरकार ?

काठमाडौं- नुवाकोट र रसुवाको सीमावर्ती बेत्रावती अहिले बजार रहेन। यो