समयमै पुनर्निर्माणको काम पूरा गर्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

समयमै पुनर्निर्माणको काम पूरा गर्न प्रधानमन्त्रीको निर्देशन


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयभित्रै पुनर्निर्माणको काम सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले बाँकी रहेको २० महिना भित्र सबै काम सम्पन्न हुने गरी पुनर्निर्माणको काम सम्पन्न हुने पनि विश्वास व्यक्त गरे । उनले भूकम्पीय जोखिमबाट निराश नहुन पनि सर्वसाधारणलाई अपिल गरे ।

चार वर्ष अघि गएको विनाशकारी भूकम्पको स्मृतिमा काठमाडौंको बसन्तपुरमा बिहीबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक भूकम्पीय जोखिम भएकाले नै त्यसको असर नहुने गरी भूकम्प प्रतिरोधि घर निर्माणका लागि सरकारले आवश्यक सबै खालको सहयोग गरिरहेको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले पुरानै शैलीबाट सम्पदाहरुको पुनर्निर्माण हुनेमा पनि ढुक्क हुन सबैलाई आग्रह गरे । उनले विगतका भन्दा अझ आर्कषक र आधुनिक ढंगले सम्पदाहरुको पुनर्निर्माणको कामलाई तीव्रता दिइएको पनि स्मरण गराए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुराना सम्पदाहरुको संरक्षण हुने गरी ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा भएका बस्तीहरुको पुनर्निर्माणको लागि गुरुयोजना पनि तय गरिएको जानकारी दिए ।

उनले सम्पदाहरुको संरक्षणमा स्थानीय सरकार पनि अग्रसर हुने गरी गुरु योजना तय गरिएकाले हाम्रा सम्पदाहरुको संरक्षण हुँदैनकी भन्ने शंका गरिरहन नपर्ने पनि स्पष्ट पारे ।

प्राधिकरणले विश्वमै उदाहरणीय हुने गरी पुनर्निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्ने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको प्रतिवद्धता जनाए ।

प्राधिकरणले सम्पदाहरुको पुनर्निर्माणको कामलाई तीव्रता दिनेगरी आवश्यक योजना र बजेट तय गरिएको पनि जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ३ : ३४ बजे

 निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

एनपीएल इलिमिनेटरमा आज लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं– समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं – मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र

निर्वाचन आउन ८५ दिन बाँकी: केही मतदानस्थलको पुनरावलोकन गर्दै आयोग

काठमाडौं – निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको