पल, नाजिर र वर्षाको ‘वीर विक्रम २’ ट्रेलर रिलिज « Khabarhub

पल, नाजिर र वर्षाको ‘वीर विक्रम २’ ट्रेलर रिलिज


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘वीर विक्रम २’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी पत्रकारमाझ ट्रेलर सार्वजनिक गरियो । उक्त ट्रेलरलाई युट्युबमा पनि रिलिज गरिएको छ ।

पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन र बुद्धि तामाङको शीर्ष भूमिका रहेको यो फिल्ममा मिलन चाम्सको निर्देशन देख्न सकिन्छ । यस्तै फिल्ममा देशभक्त खनाल, विनिषा भण्डारी, सन्तोष खनाल, मनिष लिम्बु, मनोज केसी लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

फिल्ममा लगानी निर्देशक चाम्सकै छ भने सह–निमार्तामा रञ्जिता शिवाकोटी छिन् । यस्तै फिल्ममा प्रदीप भारद्वाजको लेखन रहेको छ भने वनिष शाहको सम्पादन, नवराज उप्रेतीको छयाांकन र हिमाल केसीको द्वन्द्व देख्न सकिनेछ ।

चलचित्रले आउँदो जेठ ३ लाई रिलिज मिति तोकेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ४ : ४२ बजे

दर्जनौँ बैंक विलय भएर यसरी बने नेपालमा ‘मेगा बैंकहरू’

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संख्या घटाएर

आशिकाको आक्रोश : ग्यास दिन नसक्ने भए सरकारले दाउरा खोजेर भात पकाऊ भन्नुपर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा

रास्वपा सांसद तोसिमाको आक्रोश- सरकार खोज्दै बबिता अस्पताल पुगिन्, तर सरकार बबितासम्म पुगेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले प्रसव पीडामा अस्पताल

अस्पतालमा भर्ना नलिई फुटपाथमा प्रसूति घटनाको छानबिन गर्न टोली गठन

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि

‘अनलाइन प्रणाली ह्याक गराएर सरकारले गुण्डागर्दी र लुटपाट शैलीमा ठेक्कापट्टा लगाउन खोज्यो’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सरकारले