पेरुको सुनखानीमा बन्दुकधारीबाट गोली प्रहार, ७ कामदार मारिए « Khabarhub

पेरुको सुनखानीमा बन्दुकधारीबाट गोली प्रहार, ७ कामदार मारिए


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरु– ल्याटिन अमेरिकी मुलुक पेरुको सुनखानीमा बन्दुकधारीले गोली हानी ७ जनाको हत्या गरेका छन् । दक्षिणी पेरुको एण्डिज पर्वतमालामा रहेको ला रिकोनाडा सुनखानी क्षेत्रमा सुरुङ्गभित्र बन्दुकधारीले ७ कामदारको हत्या गरेको पेरुका अधिकारीले जनाएका छन् ।

हत्या गरिएका कामदारका कन्चटमा गोली लागेका अवस्थामा शव फेला पारिएको र घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । कामदारको गोली हानी हत्या गरिनुको कारण तथा घटनामा संलग्न रहेकाहरुको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ ।

दक्षिणी पेरुको सो क्षेत्रमा धेरै अवैधानिक सुनखानी रहेको र त्यहाँ काम गर्ने वातावरण तथा श्रमिकको अवस्था निकै नै दयनीय हुने गरेको प्रतिवेदन सार्वजनिक हुने गरेको छ ।

पेरु दक्षिण अमेरिकाको सबैभन्दा ठूलो सुन निर्यातकर्ता मुलुक हो ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ७ : २५ बजे

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको