मोदीविरुद्ध काँग्रेसले अजय रायलाई उम्मेद्वार उठाउने « Khabarhub

मोदीविरुद्ध काँग्रेसले अजय रायलाई उम्मेद्वार उठाउने


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको विपक्षी दल काँग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध लड्नका लागि ५ पटकसम्म विधायक रहेका अजय रायलाई बनारस निर्वाचन क्षेत्रबाट उम्मेद्वार उठाउने भएको छ । काँग्रेस पार्टीले बिहीबार रायलाई बनारस निर्वाचन क्षेत्रबाट उम्मेद्वार उठाउने घोषणा गरेको हो ।

यसअघि सन् २०१४ मा भएको आम निर्वाचनमा पनि राय बनारसबाट उम्मेद्वार उठेका थिए । तर, नरेन्द्र मोदी र आम आदमी पार्टीका उम्मेद्वार अरविन्द केजरीवालपछि उनी तेश्रो स्थानमा आएका थिए ।

पछिल्लो समय काँग्रेसले पूर्वी उत्तर प्रदेशको जिम्मेवारी दिएर महासचिव पदमा ल्याएकी राहुल गान्धीकी बहिनी प्रियंका गान्धीलाई प्रधानमन्त्री मोदीविरुद्ध बनारसमा उम्मेद्वार उठाउने चर्चा शुरु भएको थियो । तर, उनले भने आफ्ना दाजु राहुल गान्धीको निर्वाचन अभियानमा सहयोग गर्ने बताइएको छ ।

नरेन्द्र मोदीले भने आगामी शुक्रबार बनारसबाट आफ्नो औपचारिक उम्मेद्वारी दर्ता गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बनारसबाट उम्मेद्वारी दिने रायको स्थानीय भूमिहार समुदाय र ब्राह्मण समुदायमा पनि राम्रो प्रभाव रहेको बताइन्छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ७ : ४५ बजे

ब्रोकरहरूसँग अर्थमन्त्रीले भने- नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन छ, सुशासनको काम गर्छु

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले देशलाई ग्रे लिस्टबाट बाहिर ल्याउनको लागि

स्वास्थ्य मन्त्रालयद्वारा चार बुँदे कार्यादेशसहित उच्चस्तरीय समिति गठन 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवालाई पारदर्शी, प्रविधिमैत्री र

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि

चितवन– दशौँ अन्तर्राष्ट्रिय प्रदर्शनी यही चैत २७ गतेदेखि सुरु हुने भएको

औषधी व्यवस्था विभागद्वारा ६ प्रकारका नयाँ औषधिको गुणस्तर अनुमोदन

काठमाडौं– औषधि व्यवस्था विभागले विभिन्न ६ प्रकारका नयाँ औषधि तथा

मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम

खोटाङ– ‘मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२’को उपाधि महिलातर्फ खोटाङकी निर्मला राई र