लिफ्टबाट पानी तानेर ७५ घरलाई खानेपानी « Khabarhub

लिफ्टबाट पानी तानेर ७५ घरलाई खानेपानी


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बलेनिका ७५ घरलाई लिफ्ट प्रणालीमार्फत् खानेपानी वितरण गरिएको छ । सुनकोशी नदीको पानी लिफ्टबाट तानेर बलेनीका वासिन्दालाई खानेपानी वितरण गरिएको हो ।

गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा छुट्याएको २५ लाखले लिफ्ट निर्माण गरिएको हो । थ्री एचपी को मोटरबाट तानिएको पानी १ लाख ८ हजार घनमिटरको ट्याङ्कीमा जम्मा गरेर अहिले खोनपानी वितरण गरिएको छ । एक घर एक धारा सरकारको लक्ष्यअनुरुप त्यस क्षेत्रमा खानेपानी वितरण गरिएको गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष पुरुषोत्तम श्रेष्ठले जानकारी दिए ।

२०७२ गोरखा केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पले खानेपानीको मुहान सुक्दा खानेपानीको हाहाकार भएको स्थानीय गोपाल मङ्ग्रातीले बताए ।

गाउँमा खानेपानीको स्रोत नभएपछि वर्षाको समयमा आकाशे पानी तथा हिउँदमा दुई घण्टासम्म लगाएर पानी खोज्न जानुपर्ने बाध्यता हटेको स्थानीय अप्सरा बसेलले बताइन । सुनकोशीबाट ५ सय मिटरको उचाइमा लिफ्टबाट त्यस क्षेत्रका स्थानीयलाई खानेपानी वितरण गरिएको लिफ्ट खानेपानी उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  १० : ४७ बजे

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका