छालालाई स्वस्थ राख्न ५ खानेकुरालाई व्यवस्थित गर्नुहोस् « Khabarhub

छालालाई स्वस्थ राख्न ५ खानेकुरालाई व्यवस्थित गर्नुहोस्


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्मी बढ्न थालेको छ । यो मौसममा छालाको सुरक्षा चुनौतिपूर्ण हुन्छ । अर्थात गर्मी मौसमका कारण बढ्दो धुँवाधुलोलगायतले छालामा विभिन्न संक्रमण ल्याउँछ । साथै बढि एलर्जी हुने भएकाले पनि छालाको रेखदेख गर्नु आवश्यक छ । त्यसमा पनि खानाका परिकारले पनि छालाको हेरचाहमा ठूलो महत्व राख्छ ।

छाला स्वच्छ बनाउन पाँच खानेकुरामा विशेष ध्यान पुर्‍याउन आवश्यक छ ।

रातो मासु र अल्कोहल

रातो मासुले मानव स्वास्थ्यमा असर गर्ने चिकित्सकहरुले बताउँछन् । अल्कोहल त स्वास्थ्यका लागि हानिकारक नै हो । रातो मासु र अल्कोहलमा हुने स्याचुरेटेड फ्याटका कारण छाला तथा मुटुमा समस्या हुन्छ ।

चिल्लो तथा तारेको परिकार

धेरै तेल हालेको, चिल्लो तथा तारेको परिकार पनि छालाका लागि अनुपयोगी हो । धेरै तेलमा भुटेको खाने कुरा पुरी, भटुरा, समोसा, सेलरोटी जस्ता खाद्य पदार्थ खानले छालामा प्रत्यक्ष असर पार्छ । छाला तैलीय हुनुका साथै अनुहारमा अनावश्यक डन्डिफोर आउन थाल्छ ।

ट्रान्स फ्याटयुक्त खानेकुरा

रमाइलो आदान प्रदानका बेला काटिने केकलगायतका परिकार पनि छालाका लागि सत्रु हुन् । केक, पेस्ट्रीज, कुकीज, क्रीमले बनेका परिकार वा क्रिमजन्य बिस्कुट आदिमा वनस्पति घ्यूको प्रयोग गर्ने गरिन्छ । जसले गर्दा यसमा ट्रान्स फ्याटको मात्रा अत्यधिक हुन्छ । यिनीहरुको सेवनबाट छाला र मुटुमा समस्या हुन्छ ।

बढी कार्बोहाइड्रेट

कार्बोहाइड्रेट जन्य खानेकुरा पनि छालाका लागि घातक सिद्ध भएका छन् । सेतो चामल, सेतो चिनी, सेतो पाउरोटी, सोडा, तयारी जुस, मैदाले बनेका परिकार जस्ता खानेकुरा खानु तपाईंको स्वास्थ्यको लागि हानि कारक हुन सक्छ । यसले छालाको चमकलाई कम गर्छ ।

दुग्धजन्य परिकार

दुध र दुग्धजन्य परिकार स्वास्थ्यका हिसाबले महत्वपूर्ण भएपनि छालाका लागि त्यत्ति लाभदायी छैनन् । त्यसमा पनि मिसावट भएको दुध र दुग्धजन्य परिकारले छालासहित स्वास्थ्यमा गम्भीर असर गर्दछ ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ११ : ५० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर