छालालाई स्वस्थ राख्न ५ खानेकुरालाई व्यवस्थित गर्नुहोस् « Khabarhub

छालालाई स्वस्थ राख्न ५ खानेकुरालाई व्यवस्थित गर्नुहोस्


११ जेष्ठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्मी बढ्न थालेको छ । यो मौसममा छालाको सुरक्षा चुनौतिपूर्ण हुन्छ । अर्थात गर्मी मौसमका कारण बढ्दो धुँवाधुलोलगायतले छालामा विभिन्न संक्रमण ल्याउँछ । साथै बढि एलर्जी हुने भएकाले पनि छालाको रेखदेख गर्नु आवश्यक छ । त्यसमा पनि खानाका परिकारले पनि छालाको हेरचाहमा ठूलो महत्व राख्छ ।

छाला स्वच्छ बनाउन पाँच खानेकुरामा विशेष ध्यान पुर्‍याउन आवश्यक छ ।

रातो मासु र अल्कोहल

रातो मासुले मानव स्वास्थ्यमा असर गर्ने चिकित्सकहरुले बताउँछन् । अल्कोहल त स्वास्थ्यका लागि हानिकारक नै हो । रातो मासु र अल्कोहलमा हुने स्याचुरेटेड फ्याटका कारण छाला तथा मुटुमा समस्या हुन्छ ।

चिल्लो तथा तारेको परिकार

धेरै तेल हालेको, चिल्लो तथा तारेको परिकार पनि छालाका लागि अनुपयोगी हो । धेरै तेलमा भुटेको खाने कुरा पुरी, भटुरा, समोसा, सेलरोटी जस्ता खाद्य पदार्थ खानले छालामा प्रत्यक्ष असर पार्छ । छाला तैलीय हुनुका साथै अनुहारमा अनावश्यक डन्डिफोर आउन थाल्छ ।

ट्रान्स फ्याटयुक्त खानेकुरा

रमाइलो आदान प्रदानका बेला काटिने केकलगायतका परिकार पनि छालाका लागि सत्रु हुन् । केक, पेस्ट्रीज, कुकीज, क्रीमले बनेका परिकार वा क्रिमजन्य बिस्कुट आदिमा वनस्पति घ्यूको प्रयोग गर्ने गरिन्छ । जसले गर्दा यसमा ट्रान्स फ्याटको मात्रा अत्यधिक हुन्छ । यिनीहरुको सेवनबाट छाला र मुटुमा समस्या हुन्छ ।

बढी कार्बोहाइड्रेट

कार्बोहाइड्रेट जन्य खानेकुरा पनि छालाका लागि घातक सिद्ध भएका छन् । सेतो चामल, सेतो चिनी, सेतो पाउरोटी, सोडा, तयारी जुस, मैदाले बनेका परिकार जस्ता खानेकुरा खानु तपाईंको स्वास्थ्यको लागि हानि कारक हुन सक्छ । यसले छालाको चमकलाई कम गर्छ ।

दुग्धजन्य परिकार

दुध र दुग्धजन्य परिकार स्वास्थ्यका हिसाबले महत्वपूर्ण भएपनि छालाका लागि त्यत्ति लाभदायी छैनन् । त्यसमा पनि मिसावट भएको दुध र दुग्धजन्य परिकारले छालासहित स्वास्थ्यमा गम्भीर असर गर्दछ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७६, शनिबार  ११ : ५० बजे

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड