वाट्स एप चलाउनेको मोबाइलमा जासुसी एप छिर्न सक्छ « Khabarhub

वाट्स एप चलाउनेको मोबाइलमा जासुसी एप छिर्न सक्छ


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सामाजिक सञ्जाल वाट्स एपले आफ्नो सुरक्षा कमजोरीका कारण प्रयोकर्ताको मोबाइल फोनमा जासुसी सफ्टवेर इन्स्टल हुन पुगेको पुष्टी गरेको छ ।

वाट्स एपको सञ्चालक संस्था फेसबुकले यसको स्वीकार गर्दै आफ्नो सुरक्षा कमजोरी भएको जनाएको हो । बेलायतको अखबार फाइनान्सियल टाइम्सले यो जासुसी सफ्टवेयर इजरायली एक कम्पनीले विकास गरेको उल्लेख गरेको छ । इजरायली कम्पनी एनएसओ ग्रुपले यो सफ्ट्वेयरको विकास गरेको बताइएको छ । यो कम्पनीलाई साइबर आम्र्स डिलरको रुपमा चिन्ने गरिन्छ ।

यो जासुसी सफ्टवेयर वाट्स एपमा आउने कलको माध्यमबाट मानिसहरुको मोबाइल फोनमा इन्स्टल हुने गर्छ । कुनै प्रयोगकर्ताको मोबाइलमा आउने कल उसले नउठाए पनि उक्त जासुसी सफ्टवेयर आफै इन्स्टल हुने गर्छ । जसले मानिसहरुको व्यक्तिगत विवरण चोरी गर्ने गरेको एक रिपोर्टले जनाएको छ । क्यानडाका सोधकर्ताका अनुसार उक्त जासुसी सफ्टवेयरले मानवअधिकारवादी तथा अधिवक्ताहरुलाई आफ्नो निशाना बनाएको छ । फेसबुकका सफ्टवेयर इन्जिनियरहरुले सुरक्षा कमजारीलाई सुधार गर्ने प्रयास गरिरहेको जनाइएको छ ।

फेसबुकले वाट्स एप प्रयोगकर्ताहरुलाई आफ्नो नयाँ भर्सनलाई अपडेट गर्न आग्रह गरेको छ । नयाँ भर्सनलाई गुगल प्ले स्टोरमा गएर अपडेट गर्न सकिने छ ।

जासुसी सफ्टवेयरले कति मानिसलाई निशाना बनाएको छ भन्ने तथ्यांक अहिलेसम्म खुल्न सकेको छैन । यद्यपि, चर्चित मानिसहरुमाथि साइबर आक्रमण भएको आशंका गरिएको छ । विश्वभर डेढ करोड मानिसले वाट्स एपको प्रयोग गर्ने गरेका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  १ : १० बजे

जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते, एउटा सपिङ मलमा शक्तिशाली विस्फोट

काठमाडौं- जापानको दक्षिणपश्चिमी क्षेत्र क्युसु मा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

दाङ– आर्थिक वर्ष २०८२/८३ मा विभिन्न विपद्जन्य घटनामा परी ६८

सुनसरी तनावबारे ज्ञानेन्द्र शाही : संवेदनशील अवस्थामा सरकारलाई साथ दिऔँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं- भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको

सुनसरी घटनामा सरकारसँग मिराजका ५ बुँदे माग

काठमाडौं– जेन-जी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही