प्रधानमन्त्री कप क्रिकेट : प्रदेश नं ३ लाई २८९ रनको लक्ष्य « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश नं ३ लाई २८९ रनको लक्ष्य


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय कप क्रिकेट प्रतियोगितामा शसस्त्र प्रहरी बल (एपिएफ)ले प्रदेश नम्बर ३ लाई जितका लागि २८९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले ५० ओभर पूरा खेल्दै नौ विकेटको क्षतिमा २८८ रनको योगफल बनाएको हो । एपिएफका लागि सुमित महर्जन र कप्तान पृथु बाँस्कोटाले अर्धशतकीय इनिङ्स खेले ।

सुमितले सर्वाधिक ९४ रनको योगदान दिए भने पृथुले ५९ रन बनाए । १०३ बल खेलेका सुमितले छ छक्का र पाँच चौका प्रहार गरे । त्यस्तै ५८ बल खेलेको पृथुले एक छक्कासहित तीन चौका प्रहार गरे ।

त्यसैगरी एपिएफका प्रदीप ऐरीले ४०, अमरसिह रौतेलाले २७, भुवन कार्कीले १५, शरद भेषवाकरले १२ तथा आशिफ शेखले सात रन जोडे । बलिङतर्फ प्रदेश ३ का नन्दन यादव र जीतेन्द्र ठकुरीले समान तीन/तीन विकेट लिए भने पारस खड्का र सुर्य तामाङले समान एक/एक विकेट लिए । विभिन्न १० टोली सहभागी उक्त प्रतियोगिताको विजेता टोलीले रु २० लाख तथा उपविजेताले रु १० लाख पाउनेछ ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  १ : ११ बजे

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी