तपाईंको बच्चा झुठो बोल्छन् ? यसरी बदल्नोस् गलत बानी | Khabarhub Khabarhub

तपाईंको बच्चा झुठो बोल्छन् ? यसरी बदल्नोस् गलत बानी


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- साना बच्चाले गरेका कतिपय कुरा हामी सहजै पत्याइहाल्छौँ । तर उनीहरुले गरेका कतिपय कुरा झुठा पनि हुन्छन् । ढाँट्ने बानी परेका बच्चाका कारण कतिपय अविभावक तनावमा पर्ने गरेका छन् । आफ्नो बच्चाको बानीलाई सुधार्न उनीहरुलाई निक्कै मुस्किल परिरहेको हुन्छ । तपाईं पनि यस्तै समस्या झेलिरहनु भएको छ भने केही उपाय अवलम्बन गर्न सक्नु हुनेछ । आउनुहोस् जानी राख्नुहोस् यी सात सहज उपाय ।

बच्चाले गर्ने कुरालाई बेवास्ता नगर्नुहोस्
बालबालिकाले गर्ने सानो–सानो झुठ कुरालाई बेवास्ता नगर्नुहोस् । जस्तो कि तपाईंलाई खुशी पार्न बच्चाले बुबा÷आमा मैले आज धेरैबेरदेखि पढी रहेको छु भन्छन् । यस्तो अवस्थामा तपाईंले उसको कुरालाई पत्याइ हाल्ने भन्दा पनि उसले झुठ बोलिरहेको छ भन्ने ठम्याउन आवश्यक छ । र, उसको झुठलाई सुधार्न झुठो कुरो कुनै पनि हालतमा झुठै हुन्छ भन्ने कुरा सम्झाउनु पर्छ ।

कुराकानी गरेर बच्चालाई सम्झाउनुहोस्
झुठो कुरो गरिरहेको छ भन्ने थाहा पाउनु भयो भने यस्तो झुठ बोलिरहनु आवश्यक नै छैन भन्ने कुरा बुझाउनुहोस् । झुठ बोल्दा पनि आफुलाई विश्वास गरेर बुबा÷आमाबाट धेरै माया पाउँछु भन्ने बच्चामा भ्रम हुन सक्छ । यस्तो झुठ कहिल्यै साँचो हुन नसक्ने कुरा राम्रोसँग बुझाउन आवश्यक हुन्छ ।

सकारात्मक सोच प्रस्तुत गर्नुहोस्
यदि बच्चाले गरेका कुनै पनि प्रयास असफल भयो । र उक्त कुरा उसले साँचो रुपमा बताउँछ भने त्यसलाई सकारात्मक रुपमा लिनुहोस् । उसको असफलता अथवा गल्तिलाई लिएर शारीरिक तथा मानसिक यातना दिने, कुट्ने नगर्नुहोस् । उसले गर्ने साँचो व्यवहारलाई पुरस्कृत गर्ने बानी बसाल्नुहोस् ।

सम्मान गर्न सिक्नुहोस्
अरु मानिसको अगाडि बच्चालाई लज्जित हुने खालको व्यवहार नदेखाउनुहोस् । उसका साथीभाइ तथा परिवारको अगाडि उसको सम्मानमा ठेस लाग्ने व्यवहार गरिनु हुँदैन । सबैको अगाडि तपाईंले आफ्नो बच्चालाई ख्याल नगरेको जस्तो नगर्नुहोला । उसँग सम्मानपूर्वक कुराकानी गर्नुहोस् ।

अपेक्षाबाट बच्नुहोस्
जब अभिभावकले आफ्नो बालबच्चाबाट बढीभन्दा बढी अपेक्षा राख्छ भने उसले झुठ बोल्न थाल्छ । आफ्नो बच्चा नाच्न, गाउन, पढ्न, लेख्न तथा अन्य सबै कार्यमा तेज होस् भन्ने बढी अपेक्षा राख्नु गलत हुनेछ । र, यी सब कार्य सम्भव पनि हुने छैन । उसको असफलताप्रति कहिल्यै हतास नहुनुहोला ।

अतिशयोक्तिलाई सम्झनुहोस्
साना बच्चा टेलिभिजनमा कार्टुन हेर्छन् या कथाहरु सुन्छन् । जसका कारण उनीहरुमा अतिशयोक्ति हुन सक्छ । कुनै पनि कुरालाई बढाइ चढाइ गरेर प्रस्तुत गर्ने हुन्छन् । यस्तो कुरा मनोरञ्जनात्मक त हुन्छन् । तर, यी कुरा यथार्थ तथा काल्पनिक कति हुन् उनीहरुलाई बताउन आवश्यक हुन्छ ।

झुठ किन ?
बच्चाले झुठ बोल्छन् भन्ने कुरामा तपाईले आश्र्चय नमान्नु होला । यद्यपि, उनीहरुमा कल्पनाशिलता भने धेरै नै हुन्छ । कल्पनाशिलतामा हामी सबै उनीहरुको काल्पनिक कथाको एउटा पाटो हुने गर्छौं । बच्चाले सहज रुपमा सही र गलत छुट्याउन सक्दैनन् । त्यसैले चाहेर पनि उनीहरुको धेरै कुरा झुठो हुने गर्छ ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ३ : ४० बजे

प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका-१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

एकै ठाउँमा विप्लव, घनश्याम र जनार्दन, भने : पुरानै संरचनाले अब चल्दैन, नयाँ विकल्पमा जाऊँ

काठमाडौं- नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (एकीकृत समाजवादी) का

स्वास्थ्य मन्त्रालयले भन्यो- औषधि र मेडिकल सामग्री खरिद गर्दा अनिवार्य बोलपत्र आह्वान गर्नु

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका स्वास्थ्यका बेथिति अन्त्य गर्ने

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र द्वन्द्वमा नभई संवादमार्फत बलियो हुने

कवीन्द्रले भने- रास्वापाले २८९ पालिका र ४ हजार ४८७ वडामा संगठन विस्तार गर्न सकेन

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीले अझै ४ हजार ४ सय ८७