कर्णाली प्रदेशको राजधानीबाट शेयर कारोबार « Khabarhub

कर्णाली प्रदेशको राजधानीबाट शेयर कारोबार


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका जनताले अब आफ्नै प्रदेश राजधानीबाट शेयर कारोबार गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको पहलमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कार्यालय स्थापना भए पश्चात शेयर कारोबार गर्ने बाटो खुलेको हो ।

शेयर खरीद बिक्री गर्न इम्पेरियल सेक्युरिटिज प्रालिको कार्यालय स्थापना गरिएको छ । कम्पनीले धितोपत्र बोर्डबाट प्राप्त आदेशको कार्यान्वयनका साथै लगानी व्यवस्थापन गर्ने, परामर्श सेवा दिने लगायतका काम गर्नेछ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले सातवटै प्रदेशमा शेयर ब्रोकरको कार्यालय स्थापना गरिएको बताए ।

‘कर्णालीका जनताको जीवनस्तर उकास्ने भरपर्दो माध्यम शेयर कारोबार पनि हो’, उनले भने, ‘यहाँका जलविद्युत आयोजनामा शेयर लगानी गरेर पुँजीको विकास गर्न सकिन्छ, धितोपत्र बोर्डले यसका लागि संरचनागत आधार तय गरेको छ ।’

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ३ : ५८ बजे

हंसपुरका मेयर प्रदीपकुमार यादवको निधन

काठमाडौँ- धनुसाको हंसपुर नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ

‘राति नसुतेर पनि काम र २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरौँ’

काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि राति

सरकारले बीमा बन्द हुन दिनु हुँदैन : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य

मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

काठमाडौं- उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका

परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवार जिताउनु गल्ती हुन सक्छ : रेखा थापा

काठमाडौं – अभिनेत्री रेखा थापाले परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवारलाई जिताउनु