कर्णाली प्रदेशको राजधानीबाट शेयर कारोबार « Khabarhub

कर्णाली प्रदेशको राजधानीबाट शेयर कारोबार


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका जनताले अब आफ्नै प्रदेश राजधानीबाट शेयर कारोबार गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको पहलमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कार्यालय स्थापना भए पश्चात शेयर कारोबार गर्ने बाटो खुलेको हो ।

शेयर खरीद बिक्री गर्न इम्पेरियल सेक्युरिटिज प्रालिको कार्यालय स्थापना गरिएको छ । कम्पनीले धितोपत्र बोर्डबाट प्राप्त आदेशको कार्यान्वयनका साथै लगानी व्यवस्थापन गर्ने, परामर्श सेवा दिने लगायतका काम गर्नेछ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले सातवटै प्रदेशमा शेयर ब्रोकरको कार्यालय स्थापना गरिएको बताए ।

‘कर्णालीका जनताको जीवनस्तर उकास्ने भरपर्दो माध्यम शेयर कारोबार पनि हो’, उनले भने, ‘यहाँका जलविद्युत आयोजनामा शेयर लगानी गरेर पुँजीको विकास गर्न सकिन्छ, धितोपत्र बोर्डले यसका लागि संरचनागत आधार तय गरेको छ ।’

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ३ : ५८ बजे

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि