सरकारले लागुऔषध दुर्व्यसनीको खोजी गर्ने | Khabarhub Khabarhub

सरकारले लागुऔषध दुर्व्यसनीको खोजी गर्ने


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सात वर्षपछि लागुऔषध प्रयोगकर्ताको अवस्थाबारे सर्वेक्षण गर्ने भएको छ । यसअघि विसं २०६९ मा लागुऔषध प्रयोगकर्ताको अवस्थाबारे अध्ययन गरेको सरकारले सर्वेक्षणका लागि आवश्यक प्रक्रिया शुरु गरेको हो । अघिल्लो वर्ष सरकारको नीति तथा कार्यक्रममा नै लागुऔषध दुव्र्यसनीको अवस्था अध्ययन गर्ने उल्लेख थियो ।

अध्ययनका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको र केन्द्रीय तथ्याङ्क विभाले पनि आवश्यक काम गरिरहेको गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका अधिकृत किरणचन्द्र सुवेदीले जानकारी दिए । संयुक्त रुपमा योजना निर्माण भएपछि गणकहरु स्थलमा खटाएर तथ्याङ्क लिन शुरु हुने उनको भनाइ थियो ।

उनले वास्तविक विवरण सङ्कलन गरिएपछि न्यूनीकरणका लागि रणनीति बनाउन सहज हुने बताए । पाँच खण्डमा आवश्यक प्रश्नावलीहरु तयार भइसकेकाले मन्त्रालय खर्च र कार्यक्रमको योजना निर्माणको क्रममा रहेको छ । गृह मन्त्रालयले रू. १५ लाख छुट्याएको भए पनि अध्ययनमा झण्डै रू. एक करोड लाग्ने अनुमान गरिएको छ । कार्यक्रम तयार भएपछि बजेट व्यवस्थापन गरेर चालू आर्थिक वर्षभित्रमा विवरण सङ्कलनको काम सक्ने योजना रहेको शाखा अधिकृत सुवेदीले जानकारी दिए ।

यसपटक विशेष सफ्टवेयरबाट प्रविधिको प्रयोग गरी तथ्याङ्क लिन लागिएकाले तत्काल विवरण गृह मन्त्रालयबाटै हेर्न सकिने व्यवस्था मिलाइएको छ । विसं २०६९ को अध्ययनमा नेपालमा लागुऔषध प्रयोगकर्ता वर्षेनी ११ दशमलव ३६ प्रतिशतले वृद्धि भएको देखाएको थियो । लागुऔषधका प्रयोगकर्ताहरुमा एचआइभी, हेपाटाइटिसलगायत रोगको सङ्क्रमण हुने बढी जोखिम हुन्छ ।

लागुऔषध नियन्त्रण ऐन २०३३ ले दण्डनीय गरेको लागुपदार्थ ओसारपसार, बिक्री वितरण प्रयोग र सञ्चयजस्ता गतिविधि नियन्त्रणका लागि यस वर्षदेखि सरकारले स्थानीय तहलाई नै जिम्मेवार बनाउने गरी ‘मार्गदर्शन’ निर्माण गरेको छ ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ४ : ५२ बजे

स्न्यापच्याटले एआईबाट बनाइएका फोटोमा छुट्टै वाटरमार्क लगाउने

काठमाडौं– स्न्यापच्याटले एआईबाट बनाइएका फोटोहरूमा आफ्नाे बेग्लै वाटरमार्क लगाउने भएको

लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

बुटवल– लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका

ओरालो गतिमा मनायो नेप्सेले नयाँ वर्ष, सातामा ५३.१६ अंकले घट्यो बजार  

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)का लागि नयाँ वर्ष निराशाजनक सुरुवात

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा दूरसञ्चार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त

काठमाडौं– एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त