हारपछि अध्यक्ष गान्धीले दिएको राजीनामा कांग्रेसद्वारा अस्वीकार « Khabarhub

हारपछि अध्यक्ष गान्धीले दिएको राजीनामा कांग्रेसद्वारा अस्वीकार


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको विपक्षी कांग्रेस पार्टीले पार्टी अध्यक्ष राहुल गान्धीले दिएको राजीनामा अस्वीकार गरेको छ ।

शुक्रवार(हिजो) सकिएको मतगणा अनुसार आम निर्वाचनमा लज्जास्पद पराजय व्यहोरेसँगै कांग्रेस अध्यक्ष गान्धीले त्यसको जिम्मेवारी दिँदै राजीनामा दिएका थिए ।

निर्वाचनमा पार्टीको प्रदर्शनको समिक्षा गर्न बसेको कांग्रेसको कार्यसमितिको बैठकले अध्यक्ष गान्धीले दिएको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको हो ।

कार्यसमिति बैठकले सर्वसम्मतबाट उनको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हालै भएको आम निर्वाचनमा लज्जास्पद पराजयसँगै पार्टी अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

५४५ सिटका लागि भएको निर्वाचनमा काँग्रेसले ५२ सिट जितेको थियो ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ६ : ५३ बजे

ओली पक्राउपछि च्यासलमा एमाले कार्यकर्ताको उग्र प्रदर्शन

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले कार्यकर्ता

एमालेले ओली–लेखक पक्राउको कानुनी र राजनीतिक ढंगले प्रतिवाद गर्ने, तीन नेतालाई जिम्मेवारी

काठमाडौँ– नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।