एमालेले ओली–लेखक पक्राउको कानुनी र राजनीतिक ढंगले प्रतिवाद गर्ने, तीन नेतालाई जिम्मेवारी « Khabarhub

एमालेले ओली–लेखक पक्राउको कानुनी र राजनीतिक ढंगले प्रतिवाद गर्ने, तीन नेतालाई जिम्मेवारी


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकमाथिको पक्राउविरुद्ध दृढताका साथ कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ ।

शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालयको आकस्मिक बैठकले उक्त गिरफ्तारी लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको ठहर गर्दै कानुनी ढंगबाट प्रतिवाद गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

बैठकले आमजनसमुदाय, नागरिक समाज र लोकतन्त्र पक्षधर शक्तिहरूसँग सहकार्य गर्दै विरोधका कार्यक्रम अघि बढाउने निर्णय अनुसार  प्रत्येक जिल्लाको सदरमुकाममा आज दिउँसो ३ बजे जनसंगठनको तर्फबाट विरोध प्रदर्शन गर्ने भएको छ ।

एमालेले घटनाबारे भावी रणनीतिका लागि राजनीतिक दलहरूसँग छलफल गर्ने जिम्मा पार्टी उपाध्यक्ष विष्णु पौडेललाई दिएको छ भने संसदीय दलहरूसँगको संवाद र संयोजन गर्ने कामको नेतृत्व पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलले पाएका छन् ।
यस्तै, कानुनी प्रतिवाद गर्ने कामको संयोजन गोकर्ण विष्टले गर्ने छन् । समग्र जनपरिचालनको संयोजन भने केन्द्रीय कार्यालयले गर्ने बताइएको छ ।

एमालेले यस घटनाबाट कत्ति पनि विचलित नभई देश, जनता र लोकतन्त्रको पक्षमा एकता र दृढताका साथ अघि बढ्न पार्टीपंक्तिलाई आह्वान समेत गरेको छ । 

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  १ : १० बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा