प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट – पारस खड्काको प्रदेश नं ३ पराजित « Khabarhub

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट – पारस खड्काको प्रदेश नं ३ पराजित


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) विजयी भएको छ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिवार भएको खेलमा एपिएफले पारस खड्का नेतृत्व रहेको प्रदेश नं ३ लाई ४१ रनले पराजित गरेको हो । जितका लागि एपिएफले दिएको २८९ रनको विशाल लक्ष्यमा प्रदेश नं ३ २४७ रनमा समेटियो ।

प्रदेश नं ३ निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४७ रनमा समेटिएपछि पराजित हुन पुग्यो ।

प्रदेश नं ३ का लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ११७ रनको योगदान दिए । त्यस्तै कप्तान पारस खड्काले ४६, रीत गौतमले २७ तथा इशान पाण्डेले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहरो अङ्क जोड्न सकेनन् ।

एपिएफका कमलसिंह ऐरीले तीन तथा अविनाश बोहराले २ विकेट लिए । पृथु बास्कोटा र भुवन कार्कीले समान एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले ५० ओभरमा ९ विकेट गुमाएर २८८ रन बनाएको थियो ।

उसका लागि सुमित महर्जन र कप्तान पृथु बाँस्कोटाले अर्धशतकीय इनिङ्स खेले । सुमितले ९४ रन बनाए भने पृथुले ५९ रन बनाए । यस्तै प्रदीप सिंह ऐरीले ४०, अमरसिंह रौटेलाले अविजित २७ रन बनाए ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ७ : ०९ बजे

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ