दोस्रो पटक प्रधामन्त्री बन्न मोदीलाई बाटो खुल्यो | Khabarhub Khabarhub

दोस्रो पटक प्रधामन्त्री बन्न मोदीलाई बाटो खुल्यो


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको सत्तारुढ भारतीय जनता पार्टी भाजपा नेतृत्वको नेशनल डेमोक्र्याटिक अलायन्स एनडीएको गठबन्धनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पुनः संसदीय दलको नेता चुनेको छ ।

पछिल्लो निर्वाचनमा भारी बहुमत ल्याएको भाजपा तथा एनडीएले प्रधानमन्त्री मोदीलाई सर्वसम्मत रुपमा पुनः संसदीय दलको नेता चुनेको भाजपाका अध्यक्ष अमित शाहले जनाएका छन् ।

यससँगै एनडीएका तर्फबाट प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीले नै दोश्रो कार्यकाल प्रधानमन्त्री चलाउने भएका हुन् ।

यसअघि शुक्रबारमात्र प्रधानमन्त्री मोदीले राष्ट्रपति रामनाथ कोविन्दसमक्ष आफ्नो राजीनामा बुझाएर नयाँ सरकार बनाउन मार्ग प्रशस्त गरेका थिए । त्यस्तै, शनिबार राष्ट्रपति कोविन्दले निवर्तमान तल्लो सदन लोकसभा विघटन गरेका थिए ।

मोदीलाई भाजपा अध्यक्ष अमित शाहले संसदीय दलको नेताको रुपमा प्रस्ताव गरेका थिए भने उक्त प्रस्तावलाई भाजपाका नेता तथा निवर्तमान गृहमन्त्री राजनाथ सिंहले समर्थन गरेका थिए ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ८ : ०० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’