प्रधानमन्त्री निवास अझै व्यक्तिकै नाममा, मन्त्रालयमै रोकियो फिर्ताको प्रस्ताव « Khabarhub

प्रधानमन्त्री निवास अझै व्यक्तिकै नाममा, मन्त्रालयमै रोकियो फिर्ताको प्रस्ताव


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको राजधानी दैनिकले बालुवाटारस्थिति ललिता निवास अन्तर्गतको प्रधानमन्त्री निवास क्षेत्रमा हडपिएको सरकारी जग्गा फिर्ताको प्रस्ताव अलपत्र परेको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ ।

प्रधानमन्त्री निवासको ११४ रोपनी सरकारी जग्गा व्यक्तिकै नाममा रहिरहेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गा फिर्ताको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको बताए पनि अन्तिम समयमा आएर मन्त्रालयले महान्यायाधिवक्तासँग छलफलकै क्रममा रहेको बाहाना पार्दै मन्त्रिपरिषद्मा पठाउन रोकेको समाचारमा जनाइएको छ ।

यसैबीच पत्रिकाले ‘कांग्रेसमा महाधिवेशनको माग चर्किंदै’ शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । तेह्रो महाधिवेशनपछि कांग्रेसभित्र वैचारिक समूहका रुपमा स्थापित नेता कृष्णप्रसाद सिटौला समूहले तत्काल पार्टिको १४ औं महाधिवेशन माग गरेका हुन् ।

त्यसैगरी पत्रिकाले नेकपामा चर्कियो कार्यदिशा विवाद शीर्षकमा नेकपा भित्रको विवादलाई पनि पहिलो पृष्ठमा छापेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पार्टीको कार्यदिशा के हुने भन्ने विवाद चर्केको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १३ महिना बितिसक्दा पनि कार्यदिशाबारे शीर्ष तहमा समहति जुट्न सकेको छैन ।

त्यसैगरी पत्रिकाले चिकित्सकपिच्छे फरक–फरक औषधि शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । २४ वर्षीका रविन भण्डारी छाती दुख्ने समस्या भएपछि काठामाडौंस्थित एक अस्पतालमा पुगे । उनलाई चेस्ट पेन भएको भन्दै चिकित्सकिले औषधि खान सल्ला दिए । उनले चिकित्सककै सल्लाहअनुसार औषधि सेवन गरे । तर, सन्चो भएन । त्यसपछि उनी अर्को अस्पतालमा गए । त्यहाँ छातीको एक्सरे गराए । इसीजी पनि गराए । चिकित्सकले एक महिनापछि आउनु भन्दै केही औषधि दिए ।

छातीको दाहिने भाग थेग्नै नसक्ने गरी दुखेपछि २७ वर्षीय सीताराम केसी कीर्तिपुरस्थित एक अस्पताल पुगे । त्यहाँ उनलाई डिप्रेसनको लक्षण भएको बताइयो । केही औषधि खान भनेर सूची पनि दिइयो । सो अस्पतालका चिकित्सकप्रति विश्वास नलागेपछि उनी अर्को अस्पताल पुगे । त्यहाँ उनलाई छातिको नसामा समस्या रहेको बताइयो ।

अहिले अधिकांश बिरामीले एउटै अस्पताल र चिकित्सकको स्वास्थ्य जाँको विस्वसनीयतामाथि प्रश्न उठाउन थालेका छन् । चिकित्सकले फरक फरक रोग र फरक फरक औषधि दिँदा बिरामी नै रनभुल्लमा पर्ने गरेको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ५ : ५५ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका