बंगलादेशको जीतमा शकिव हिरो « Khabarhub

बंगलादेशको जीतमा शकिव हिरो


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तालाई पराजित गरेको छ ।

साउथह्याम्पटनमा भएको खेलमा अफगानिस्तानलाई ६२ रनले पराजित गर्दै बंगलादेश विजय भएको हो । द रोजबल क्रिकेट मैदानमा बंगलादेशले दिएको २६३ रनको मध्यम लक्ष्य पछ्याएको अफगानिस्तान ४७ ओभरमा सबै विकेट गुमाएर २०० रनमा समेटियो ।

अफगानिस्तानका लागि शामीउल्लाह शिनवारीले अविजित रहदै सर्वाधिक ४९ रन बनाए । यस्तै कप्तान गुल्बादीन नाइबले ४७ रन जोडे ।

त्यस्तै रहमत साहले २४, नाजिब उल्लाहले २३ तथा अस्घर अफगानले २० रन बनाए । अफगानिस्तानलाई सस्तैमा रोक्न बंगलादेशका शकिब अल हसन हिरो बने । उनको किफायती बलिङ गरे ।

अफगानिस्तानविरुद्ध अलराउण्डर प्रदर्शन गरेका हसनले १० ओभरमा २९ रन खर्चेर ५ विकेट लिए । योसंगै शकिब एकदिवसीय विश्वकपमा ५ विकेट लिने पहिलो बंगलादेशी खेलाडी बने ।

त्यस्तै शकिब एकै विश्वकपमा शतक र ५ विकेट पनि लिने तेस्रो खेलाडी बनेका छन् । उनि एकै खेलमा अर्धशतक र ५ विकेट लिने दोस्रो खेलाडी समेत बनेका छन् । यस्तै बंगलादेशका लागि मुस्ताफिजुर रहमानले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाएर २६२ रन बनाएको थियो ।

बंगलादेशका लागि मुशफिकर रहिम र शकिब अल हसनले अर्धशतकीय इनिङ्स खेले । रहिमले ८३ रन जोड्दा हसनले ५१ रन बनाए ।

यस्तै तामिम इकबालले ३६, मोसाडेक होसेनले ३५ तथा ममुदउल्लाहले २७ रन जोडे । अफगानिस्तानका मुजिब उर रहमानले ३ विकेट लिए । गुल्बादीन नाइबले २ विकेट लिए ।

जितसंगै बंगलादेशले शीर्ष चारमा पुग्दै सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ । तेस्रो जितसंगै पाँचौ स्थानमा उक्लिएको बंगलादेशले ७ खेलबाट ७ अंक जोडेको छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ८ : ३७ बजे

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

तेहरान- पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर

तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता

बेइजिङ– चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते

मदन पुरस्कार वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई, जगदम्बा-श्री किरण खरेललाई

काठमाडौं- मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी

भारतमा प्रहरीले भ्यानमा बाँधेर एक जनालाई निर्घात कुटेको भिडियो भाइरल, कारण यस्तो

काठमाडौं- भारतको गुजरातमा प्रहरीले एक जनालाई बीच सडकमा भ्यानमा बाँधेर

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय