आईसीसी विश्वकप : उपाधी दावेदार इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दै « Khabarhub

आईसीसी विश्वकप : उपाधी दावेदार इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दै


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (मंगलबार) उपाधी दावेदार टोली इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दैछन् ।

लर्ड्समा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा शुरु हुनेछ । लर्ड्स क्रिकेट मैदानमा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाउने योजनामा छन् । दुवै टोली उपाधी दावेदार भएका कारण आजको खेल निक्कै आकर्षक हुने खेलप्रेमीको विश्वास छ ।

घरेलु टोली इंग्ल्याण्ड अष्ट्रेलियालाई हराएर तालिकाको दोस्रो स्थानमा उक्लन चाहन्छ । ६ खेलबाट ८ अंक जोडेको इंग्ल्याण्ड चौंथो स्थानमा छ ।

इंग्ल्याण्डलाई घरेलु समर्थकको साथ हुनेछ । तर, इंग्ल्याण्डलाई अष्ट्रेलियाविरुद्ध जित निकाल्न त्यति सहज भने हुनेछैन । इंग्ल्याण्ड ओपनर जासन रोयविना मैदान उत्रनेछ ।

यता, अष्ट्रेलिया घरेलु टोलीलाई हराउँदै शीर्ष स्थानमा उक्लन चाहन्छ । ६ खेलबाट १० अंक जोडेको अष्ट्रेलिया दोस्रो स्थानमा छ । अष्ट्रेलिया शीर्ष स्थानको न्युजिल्याण्डभन्दा मात्र १ अंकले पछि छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ८ : ४३ बजे

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी