वडा कार्यालयमा गराइएको आगजनीबाट जले कम्युटर र प्रिन्टर | Khabarhub Khabarhub

वडा कार्यालयमा गराइएको आगजनीबाट जले कम्युटर र प्रिन्टर


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा अछामका दुई वटा वडा कार्यालयमा भएको आगजनीबाट भौतिक सामग्री जलेर नष्ट भएका छन् ।

जिल्लाको पन्चदेवल विनायक नगरपालिका ३ र ढकारी गाउँपालिका ५ को वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ। पन्चदेवल बिनायकको ३ नम्बर वडा कार्यालयमा भएको आगजनीबाट १ थान कम्प्युटर, प्रिन्टर, २ वटा रिभल्बिङ कुर्सी, टेबुल लगायत कागजात जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ढकारी गाउँपालिका ५ को वडा कार्यालयमा भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको छ । बन्दलाई लक्षित गरी विप्लव नेकपाले वडा कार्यालयमा आगजनी गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

तस्वीर- दिनेशखबरबाट

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  १० : १५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’