राजनीतिमा आउन चाहन्छिन् एन्जेलिना जोली ? « Khabarhub

राजनीतिमा आउन चाहन्छिन् एन्जेलिना जोली ?


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हलिउड अभिनेत्री एन्जेलिना जोलीले आफू राजनीतिमा आउन सक्ने संकेत दिएकी छिन् । उनले कलाकार–निर्देशकबीच हालै भएको एक साक्षात्कार कार्यक्रममा आफू राजनीतिमा आउने सक्ने बताएकी हुन् । उनी केही समययता राजनीतिमा इन्ट्री गर्ने सक्ने चर्चा चलेको थियो ।

एक पत्रकारले सोधेको प्रश्न दिँदै जोलीले भनेकी छिन्, ‘साँच्चै भन्ने हो भने २० वर्ष पहिले मलाई कसैले यही सोधेको भए शायद म हाँस्दी हुँ, मैले सधै भनेँ, म त्यहीँ जानेछु, जहाँ मेरो आवश्यकता छ ।’

उनले आफूलाई राजनीतिमा आउनु ठीक भएको या नभएको भन्नेमा अझै भन्न नसकिए पनि शायद आफूमा राजनीतिज्ञमा हुनुपर्ने प्रतिभा भएको हुनसक्ने बताइन् । उनले भनिन्, ‘म जुनसुकै चुनौतीका लागि पनि तयार छु ।’

जोलीको वैवाहिक जीवन खासै सफल छैन । ४३ वर्षीय जोलीले आफ्नो जीवनकालमा ३ बिहे गरिन् तर ती कुनै पनि सफल हुन सकिनन् । उनी पछिल्लो समय हलिउड अभिनेता ब्राड पिटसँग सम्बन्धमा थिइन् । पछि उनले ब्राडसँग पनि पारपाचुके गरेकी थिइन् ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  १२ : २८ बजे

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

रसुवा– यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ