निर्माता पक्राउपछि रेखाको आक्रोश– सरकारको नालायक र पाखण्ड जवाफ ! | Khabarhub Khabarhub

निर्माता पक्राउपछि रेखाको आक्रोश– सरकारको नालायक र पाखण्ड जवाफ !


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘मालिका’ का निर्माता नरबहादुर कार्कीलाई प्रहरीले विप्लवका कार्यकर्ता भन्दै पक्राउ गरेपछि नायिका रेखा थापाले आक्रोश व्यक्त गरेकी छिन् । उनले सरकारले लगाएको आरोपलाई नालायक र पाखण्ड भएको बताएकी छिन् ।

प्रहरीले सोमवार निर्माता कार्कीलाई विप्लवका कार्यकर्ता भएको भन्दै बालुवाटारबाट पक्राउ गरेको थियो ।

‘राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखियो, सामाजिक अभियन्ता, अन्तर्राष्ट्रिय मोटिभेटर आदरणीय नरबहादुर कार्की सरलाई प्रहरीले एक अपराधीलाई जसरी पक्राउ गरेको छ, धकेलेर, भर्खरै मारौँला जस्तो गरेर गणतान्त्रिक लोकतन्त्रात्मक प्रहरी प्रस्तुत भएको आफ्नै आँखाले देख्न पाइयो,’ रेखाले भनिन्, ‘सामाजिक विषयका बारेमा छलफल गर्दै गर्दा उहाँलाई अपराधीलाई जसरी किन पक्राउ गरेको भनेर सोध्दा विप्लव समर्थक भएर रे ?’

उनले कुनै व्यक्ति या पार्टीका नेताको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो ? भन्दै प्रश्न उठाएकी छिन् । रेखा र कार्कीले फिल्म ‘मालिका’ मा सहकार्य गरेका थिए । प्रहरीले पक्राउ गरेका कार्की पछिल्लो समय राज्यका विरुद्ध सामाजिक सञ्जालमा खरो रुपमा प्रस्तुत भएका थिए ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  १ : १२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन