कोपा अमेरिका फुटबलमा एसियाली टोलीको फितलो प्रदर्शन, समूह चरणमै सीमित « Khabarhub

कोपा अमेरिका फुटबलमा एसियाली टोलीको फितलो प्रदर्शन, समूह चरणमै सीमित


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण अमेरिकाको पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिकामा दुई एसियाली टोलीले समूह चरणमै चित्त बुझाएका छन् । १० दक्षिण अमेरिकी र २ आमन्त्रित टोलीसहित १२ टोली प्रतिस्पर्धा गरेको प्रतियोगितामा एसियाबाट जापान र कतारले आमन्त्रित टोलीका रुपमा सहभागिता जनाएका थिए ।

ब्राजिलका विभिन्न शहरहरुमा भइरहेको खेलको समूह चरणका खेल मंगलबार बिहान सम्पन्न भएसँगै क्वाटरफाइनल समिकरण पुरा भएको छ । तर, सहभागी १२ टोलीमध्ये ४ टोली समूह चरणबाटै बाहिरिएका छन् । जसमा इक्वेडर, बोलिभिया, जापान र कतार बाहिरिएका छन् ।

शुक्रबारदेखि आइतबारसम्म चल्ने क्वाटरफाइनलका खेलहरुमा ब्राजिल र पाराग्वे, अर्जेन्टिना र भेनेजुयला प्रतिस्पर्धा गर्नेछन् । यस्तै कोलम्बिया र चिलीले खेल्दा उरुग्वे र पेरुबीचको खेल आइतबार हुनेछ । कोपा अमेरिकामा आमन्त्रित टोलीका रुपमा सहभागी भएका जापान र कतार समूह चरणबाटै बाहिरिएका छन् । उनीहरुले बलियो प्रदर्शन पस्किन नसक्दा समूह चरणमै चित्त बुझाउन बाध्य भएका हुन् ।

कतारको यात्रा समूह चरणको अन्तिम खेल सोमबार अर्जेन्टिनासँग पराजित भएपछि समाप्त भएको थियो भने जापानले मंगलबार बिहान सम्पन्न खेलमा इक्वेडरसँग १–१ को बराबरी खेलेपनि क्वाटरफाइनल पुग्न सकेन । यसअघिका दुई खेलमा जापान चिलीसँग ४–० ले पराजित हुँदा दोस्रो खेलमा उरुग्वेसँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।

एसियाली फुटबलको पावर हाउसका रुपमा रहेको जापानले तीन खेलमध्ये २ खेल बराबरी खेले पनि चिलीसँगको ४–० को फराकिलो हारले समूह चरणमै सीमित हुन पुग्यो । त्यसपछिका खेलमा पनि जापानले जीत निकाल्न सकेन । जापान रहेको समूहबाट २ टोलीमात्रै क्वाटरफाइनल प्रवेश गरे । जसमा चिली र उरुग्वेमात्रै क्वाटरफाइनलमा पुगे ।

यस्तै, एसियाको उदीयमान शक्ति केन्द्रका रुपमा अगाडि आइरहेको कतार सोमबार बिहान अर्जेन्टिनासँग पराजित भएसँगै समूह चरणबाटै बाहिरिएको हो । कतारले पनि आमन्त्रित टोलीका रुपमा देखाउनु पर्ने प्रदर्शन मैदानमा देखाउन सकेन ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  २ : १३ बजे

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थपको माग

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण

खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको जहाज भैरहवा आइपुग्यो

भैरहवा– खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित

बुधबार ५ अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ