कोपा अमेरिका फुटबलमा एसियाली टोलीको फितलो प्रदर्शन, समूह चरणमै सीमित « Khabarhub

कोपा अमेरिका फुटबलमा एसियाली टोलीको फितलो प्रदर्शन, समूह चरणमै सीमित


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण अमेरिकाको पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिकामा दुई एसियाली टोलीले समूह चरणमै चित्त बुझाएका छन् । १० दक्षिण अमेरिकी र २ आमन्त्रित टोलीसहित १२ टोली प्रतिस्पर्धा गरेको प्रतियोगितामा एसियाबाट जापान र कतारले आमन्त्रित टोलीका रुपमा सहभागिता जनाएका थिए ।

ब्राजिलका विभिन्न शहरहरुमा भइरहेको खेलको समूह चरणका खेल मंगलबार बिहान सम्पन्न भएसँगै क्वाटरफाइनल समिकरण पुरा भएको छ । तर, सहभागी १२ टोलीमध्ये ४ टोली समूह चरणबाटै बाहिरिएका छन् । जसमा इक्वेडर, बोलिभिया, जापान र कतार बाहिरिएका छन् ।

शुक्रबारदेखि आइतबारसम्म चल्ने क्वाटरफाइनलका खेलहरुमा ब्राजिल र पाराग्वे, अर्जेन्टिना र भेनेजुयला प्रतिस्पर्धा गर्नेछन् । यस्तै कोलम्बिया र चिलीले खेल्दा उरुग्वे र पेरुबीचको खेल आइतबार हुनेछ । कोपा अमेरिकामा आमन्त्रित टोलीका रुपमा सहभागी भएका जापान र कतार समूह चरणबाटै बाहिरिएका छन् । उनीहरुले बलियो प्रदर्शन पस्किन नसक्दा समूह चरणमै चित्त बुझाउन बाध्य भएका हुन् ।

कतारको यात्रा समूह चरणको अन्तिम खेल सोमबार अर्जेन्टिनासँग पराजित भएपछि समाप्त भएको थियो भने जापानले मंगलबार बिहान सम्पन्न खेलमा इक्वेडरसँग १–१ को बराबरी खेलेपनि क्वाटरफाइनल पुग्न सकेन । यसअघिका दुई खेलमा जापान चिलीसँग ४–० ले पराजित हुँदा दोस्रो खेलमा उरुग्वेसँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।

एसियाली फुटबलको पावर हाउसका रुपमा रहेको जापानले तीन खेलमध्ये २ खेल बराबरी खेले पनि चिलीसँगको ४–० को फराकिलो हारले समूह चरणमै सीमित हुन पुग्यो । त्यसपछिका खेलमा पनि जापानले जीत निकाल्न सकेन । जापान रहेको समूहबाट २ टोलीमात्रै क्वाटरफाइनल प्रवेश गरे । जसमा चिली र उरुग्वेमात्रै क्वाटरफाइनलमा पुगे ।

यस्तै, एसियाको उदीयमान शक्ति केन्द्रका रुपमा अगाडि आइरहेको कतार सोमबार बिहान अर्जेन्टिनासँग पराजित भएसँगै समूह चरणबाटै बाहिरिएको हो । कतारले पनि आमन्त्रित टोलीका रुपमा देखाउनु पर्ने प्रदर्शन मैदानमा देखाउन सकेन ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  २ : १३ बजे

विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना

एजेन्सी– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ

हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन

रसुवा– स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता