वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयन– क्रिकेटका पारस र सोमपालदेखि प्याराग्लाइडिङका युकेशसम्म « Khabarhub

वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयन– क्रिकेटका पारस र सोमपालदेखि प्याराग्लाइडिङका युकेशसम्म


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने स्पोर्ट्स अवार्ड २०७५ मा मनोनयनमा परेका वर्षका उत्कृष्ट ५ जना खेलाडीको नाम सार्वजनिक गरिएको छ ।

जसमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का तथा खेलाडी सोमपाल कामी रहेका छन् भने प्याराग्लाईडिङका युकेश गुरुङ, गल्फका शुक्रबहादुर राई र जुडोका इन्द्र बहादुर श्रेष्ठ रहेका छन् ।

५ जनामध्ये एक जना वर्षको उत्कृष्ट खेलाडी छनौट हुनेछन् । वर्षको उत्कृष्ट खेलाडीको घोषणा असार १७ गते हुने छ ।

यी हुन् बर्ष २०७५ का उत्कृष्ट पुरुष खेलाडी:

पारस खड्का (क्रिकेट)

नेपाली राष्ट्रिय क्रिकेट टोदलीका कप्तान पारस खड्का एन्एसजेएफ स्पोट्स अवार्डको पुरुष वर्षका उत्कृष्ट खेलाडीतर्फ मनोनयनमा परेका छन् । उनले गएको वर्ष नेपाललाई पहिलो एकदिवसीय श्रृंखला जिताएका थिए ।

उनको कप्तानीमा नेपाली टोली युएईसँग खेलेका तीन एकदिवसीय र तीन टी– २० श्रृङ्खलामा दुवै श्रृङ्खला २–१ ले जितेको थियो । उनले श्रृङ्खलाको अन्तिम तथा निर्णायक खेलमा नेपाली क्रिकेट इतिहासकै पहिलो शतक प्रहार गर्दै नेपाललाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनकै कप्तानीमा नेपाललाई आईसीसी टी–२० बिश्व कप एसिया रिजनल क्वालिफायरको उपाधि हात परेको थियो ।

सोमपाल कामी (क्रिकेट)

नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा बलिङ अलराउण्डर सोमपाल कामी पनि यो वर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् ।

उनले नेपाली क्रिकेटको सफलतामा महत्वपूर्ण भूमिका खेलेका थिए । युएईसँगको श्रृङ्खला नेपाललाई जीत दिलाउन सोमपालले बलिङ र ब्याटिङ दुवै तर्फ महत्वपूर्ण प्रदर्शन पस्किएका थिए ।

यस्तै, उनले युएईविरुद्धको दोश्रो एकदिवसीय श्रृङ्खलामा पाँच विकेट लिएका थिए । त्योसँगै उनी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा पाँच विकेट लिने पहिलो खेलाडी समेत बने ।

शुक्रबहादुर राई (गल्फ)

गल्फबाट एनएसजेएफ स्टोर्ट्स अवार्डको मनोनयनमा परेका शुक्रबहादुर राई व्यवसायिक खेलाडीलाई पछि पार्दै सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जित्न सफल भएका थिए । यस्तै, उनले गएको वर्ष सूर्य नेपालगल्फ टुरको तीन एमेच्योर उपाधि हात पारेका थिए ।

यस्तै, उनले ३४ औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा टिम इभेन्टमा स्वर्ण पदक पनि जिते ।

इन्द्र बहादुर श्रेष्ठ (जुडो) 

वर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका इन्द बहादुर श्रेष्ठले दक्षिण एसियाली जुडो च्याम्पियनशिपमा स्वर्ण पदक जितेका थिए । उनले उक्त प्रतियोगितामा भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानका खेलाडीलाई हराउँदै स्वर्ण पदक हात पारेका थिए ।
यस्तै, उनले थाइल्याण्डमा सम्पन्न युनिभर्सिटी जुडो च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेका थिए ।

युकेश गुरुङ (प्याराग्लाइडिङ) 

वर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका प्याराग्लाइडिङका युकेश गुरुङले १८ औं एसियाली खेलकुदमा प्याराग्लाइडिङ क्रस कन्ट्रीको पुरुष टिम इभेन्टमा रजत पदक जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

उनीसँगैको टिमले एसियाडमा नेपाललाई २० बर्षपछि रजत दिलाउँदा युकेशले पाँचमध्ये चार चरणमा गोल पूरा गरेका थिए ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ३ : ०४ बजे

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि

तस्बिरमा हेर्नुहोस्, टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं– चैत कृष्ण औँसीको दिन बुधबार काठमाडौं उपत्यकामा परम्परागत घोडे

कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै

एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा

पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरू)

काठमाडौं– घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा  परम्परागत रूपमा एउटा घोडा

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा