स्पेस एक्सले पृथ्वीको कक्षमा राख्यो २४ भू उपग्रह « Khabarhub

स्पेस एक्सले पृथ्वीको कक्षमा राख्यो २४ भू उपग्रह


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– अमेरिकाको स्पेस एक्स नामक निजी कम्पनीले एकैसाथ २४ वटा भूउपग्रह सफलतापूर्वक पृथ्वीको कक्षमा राखेको छ ।

युवा उद्यमी एलन मस्कको अगुवाइमा स्थापित स्पेस एक्सको फाल्कन हेभी रकेट मंगलबार सफलतापूर्वक प्रक्षेपण गरिएको थियो । निकै कठिन मानिएको यस अभियान सफल भएको कम्पनीले जनाएको छ ।

अमेरिकी समयानुसार बिहान २.३० बजे फ्लोरिडा राज्यको केनेडी अन्तरिक्ष केन्द्रबाट फाल्कन हेभी प्रक्षेपण गरिएको थियो । फाल्कन हेभीको यो तेस्रो प्रक्षेपण हो ।

स्पेस एक्सका अनुसार गत अप्रिलमा फाल्कन हेभीको परीक्षण उडानमा प्रयोग गरिएको बुस्टरलाई नवीकरण गरी यसपटक पनि पुनः प्रयोग गरिएको थियो ।

अन्तरिक्षमा उपग्रह स्थापनामा केन्द्रित गरिरहेको स्पेस एक्सले निकट भविष्यमै मानिसलाई अन्तरिक्ष पर्यटनमा लैजाने योजना अघि बढाएको छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ३ : १० बजे

देवकुमारी थापा स्मृति पुरस्कार ज्ञान उदासलाई

विराटनगर– देवकुमारी थापा स्मृति गुठीले देवकुमारी थापा स्मृति सम्मान कवि

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै रवि लामिछाने

काठमाडौँ – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ ।

लागूऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट २८

निर्माण व्यवसायी महासंघको नेतृत्वका लागि आज निर्वाचन हुँदै

काठमाडौँ– नेपाल निर्माण व्यवसायी महासंघको १३औँ महाधिवेशन अन्तर्गत आज नयाँ