गुठी विधेयक राष्ट्रिय सभाबाट फिर्ता « Khabarhub

गुठी विधेयक राष्ट्रिय सभाबाट फिर्ता


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले राष्ट्रिय सभाबाट गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ फिर्ता लिएको छ ।

गत वैशाख १७ गते संघीय संसदको राष्ट्रिय सभामा दर्ता भएको विधेयक मंगलबार फिर्ता लिइएको हो । भूमि व्यवस्था, कृषि तथा सरकारी मन्त्री पद्मा अर्यालले मंगलबारको राष्ट्रिय सभा बैठकमा विधेयक फिर्ता लिने प्रस्ताव राखेकी थिइन् । मन्त्री अर्यालले राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएसँगै विधेयक फिर्ता भएको हो ।

सरकारले राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गरी सामाजिक न्यायको आधारमा गुठी जग्गामा भोगाधिकार रहेका किसान तथा गुठीको अधिकार संरक्षण गरी सर्बसाधारणहरुको हित कायम गर्न र गुठी जग्गाको उत्पादकत्व बढाउने भन्दै विधेयक ल्याएको थियो ।

सांस्कृतिक सम्पदाका रुपमा रहेका भनिएका गुठीहरुलाई प्राधिकरण मातहत लागिएको भन्दै विधेयकको व्यापक विरोध भएपछि सरकारले उक्त विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

राजधानी काठमाडौंसहित देशभर व्यापक विरोध भएपछि मन्त्रीस्तरीय निर्णयबाट गुठी विधेयक फिर्ता लिने निर्णय गरिएको थियो ।

भूमि व्यवस्था, कृषि तथा सरकारी मन्त्री पद्मा अर्यालले गत मंगलबार पत्रकार सम्मेलन गर्दै गुठी विधेयक फिर्ता लिने निर्णय भएको बताएकी थिइन् ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ३ : ३१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह