नेयमार बार्सिलोनासँगको सम्झौता नजिक | Khabarhub Khabarhub

नेयमार बार्सिलोनासँगको सम्झौता नजिक


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ब्राजिलका स्टार खेलाडी नेयमार पूर्व क्लब बार्सिलोनामा फर्किने पक्कापक्की भएको छ ।

फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेनमा रहेका नेयमार बार्सिलोनामा फर्किने योजनामा रहेको जनाइएको छ । स्पेनिस पत्रिका स्पोटका अनुसार नेयमारले बार्सिलोनासँग ५ वर्षका लागि मौखिक सहमति जनाएको समाचार उल्लेख गरेको छ ।

पछिल्लो समय नेयमार पीएसजीमा हुँदा विभिन्न व्यवहारले आलोचित हुँदै आएका थिए । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमुको प्रस्तावमा नेयमारले तुरुन्तै सहमति जनाए लगत्तै उनी बार्सिलोना फर्कने निश्चित भएको हो ।

नेयमार आफ्नो आधा तलब घट्ने शर्तमा समेत बार्सिलोना फर्कन तयार भएका छन् । उनी सन् २०१७ मा क्लब फुटबलका सबै भन्दा महङ्गा खेलाडीको रुपमा फ्रान्सेली क्लब पीएसजीमा आवद्ध भएका हुन् ।

नेयमारले बोकेको चोट र उनको व्यवहारबाट असन्तुष्ट रहेको पीएसजी अन्तिम समयमा क्लब फुटबलका महँगा खेलाडीलाई फिर्ता पठाउन तयार देखिएको हो । पीएसजीसँग अझै केलियन एम्बाप्पे र ईडिन्सन काभानी जस्ता हाईप्रोफाईनलका खेलाडी रहेका छन् ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ५ : २६ बजे

बेलायतमा प्रतिबन्धित प्यालेस्टाइन समर्थक समूहका २०० जना पक्राउ

लण्डन – सरकारले गत महिना आतङ्कवाद विरोधी कानून अन्तर्गत प्यालेस्टाइनलाई

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडाैं पठाइयो

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा गम्भीर

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा

भोजपुरको टक्सारमा लाखेजात्रा

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ ।

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन