भिएलएनको घुस प्रकरणमा मलेसियाका पूर्व उपप्रधानमन्त्रीविरुद्ध मुद्दा चलाइँदै | Khabarhub Khabarhub

भिएलएनको घुस प्रकरणमा मलेसियाका पूर्व उपप्रधानमन्त्रीविरुद्ध मुद्दा चलाइँदै


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेशियाका पूर्व उपप्रधानमन्त्री डाक्टर अहमद जाहिद हमिदीविरुद्ध विदेशी नागरिकलाई उपलब्ध गराइने भिसा प्रणालीमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता हुने भएको छ ।

मलेशियाको भ्रष्टाचारविरुद्धको आयोगले डाक्टर हमिदीविरुद्ध बुधबार (भोलि) अभियोग दर्ता गराउनका लागि महान्यायाधिवक्ताको कार्यालयबाट अनुमति लिइ सकेको मलेसियाको सञ्चारमाध्यम द स्टारले जनाएको छ ।

मलेशियाको भ्रष्टाचारविरुद्धको आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा डाक्टर हमिदीविरुद्ध राजधानी क्वालालम्पुरस्थित सेसन्स कोर्टमा बुधबार र शाह आलम सेसन्स कोर्टमा बिहीबार मुद्दा दर्ता गराउने तयारी गरेको छ । यसअघि उनलाई सोमबार गिरफ्तार गरिएको र पछि जमानतमा रिहा गरिएको समेत द स्टारले जनाएको छ ।

मलेसिया सरकारले पछिल्लो समय मलेसिया रोजगारीमा जाने कामदारमाथि आर्थिक भार थप्दै आएका संस्था बन्द गर्ने प्रक्रिया थालेको छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ६ : ११ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास