प्रचण्डलाई विप्लवको आरोप- काठमाडौं गएर बिहे गर्छु भन्दै बम्बई पुर्‍याएको ‘फिल’ भयो ! « Khabarhub

प्रचण्डलाई विप्लवको आरोप- काठमाडौं गएर बिहे गर्छु भन्दै बम्बई पुर्‍याएको ‘फिल’ भयो !


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवसँग भएको अनौठो सम्वाद सार्वजनिक गरेका छन् । भरतपुर महानगरपालिकाको चौथो नगरसभाको उद्घाटन गर्न चितवन पुगेका प्रचण्डले शान्ति प्रक्रियाबारे विप्लवसँग भएको सम्बाद सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा प्रचण्डले अब चाँडै विप्लव पनि मूलधारको राजनीतिमा आउने दाबी गर्दै भने, ‘शान्ति प्रक्रियामा आएपछि विप्लवजीसँग गरिएको कुराकानी अहिले पनि मैले स्मरण गरिरहेको छु । शान्तिप्रक्रियापछि कस्तो लाग्यो भन्ने मेरो प्रश्नको उत्तरमा भन्नुभयो- कमरेड तपाई‌ंले हामीलाई काठमाडौं त लिएर आउनु भयो तर मलाई चाँही अनुभुति के भयो भने, नुवाकोटकी भर्खरकी एउटी तामाङनी केटीलाई काठमाडौं लगरे म बिहे गर्छु भनेर बम्बई पुर्‍याए जस्तो फिल भयो ।’

प्रचण्डले विप्लवको यो कुरा सुनेर आफ्नो दिमाग नै हल्लिएको बताएका छन् । उनले भने, ‘अब सायद उहाँले बुझ्नु भएको होला, मैले बम्बइ होइन काठमाडौं नै ल्याएको छु सबैलाई । मैले कसैलाई बम्बई लगेको छैन भनेर बुझ्नलाई उहाँले केही-केही गर्नु भएको हो, अब धेरै गर्नु हुन्न भन्ने लागेको छ मलाई ।’

प्रचण्डले अब भने विप्लवले आफूहरु बम्बईको साटो काठमाडौंकै अनुभूति गर्न थालेको हुनसक्ने बताए । उनले अब विप्लव पनि चाँडै शान्तिपूर्ण बाटो रोजेर मूलधारको राजनीतिमा आउने दाबी गरे ।

आफूले विप्लवलाई नजिकबाट चिनेको भन्दै प्रचण्डले विप्लवमा विस्तारै नयाँ विचार आएसंगै मुलधारको राजनीतिमा फर्किने बताए ।

अध्यक्ष प्रचण्डले दुई चारवटा बम पड्किदैमा समृद्धिको यात्रा बिथोलिन्छ की भन्ने शंका नगर्न पनि आमसर्वसाधारणलाई आग्रह गरे । उनले भने, ‘विप्लवजीले सबै कुरा बुझ्दै हुनुहुन्छ, यस्ता गतिविधि अब धेरै गर्नुहुन्न् भन्ने सोच चाँडै सार्वजनिक गर्नुहुनेछ ।’

विगतमा पार्टी फुटाएर गएकाहरु फर्किदै आईरहेको स्मरण गराउँदै प्रचण्डले अब ढिलोचाँडो विप्लव पनि त्यसरी नै आउने दावी गरे ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ७ : ११ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको