जनप्रतिनिधिहरु संघीयताको मर्मअनुसार अघि बढ्नुपर्छः नेता रावल « Khabarhub

जनप्रतिनिधिहरु संघीयताको मर्मअनुसार अघि बढ्नुपर्छः नेता रावल


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीमबहादुर रावलले संविधान प्रदत्त अधिकारको अनुभूति जनताले गर्न पाउनुपर्ने बताएका छन् ।

साँफेबगर नगरपालिकाकाको तेस्रो नगरसभाको उद्घाटन गर्दै उनले जनताको संघर्षबाट प्राप्त संघीयताको मर्मअनुसार जनप्रतिधिले अघि बढ्दै विकास निर्माणका कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।

उनले स्थानीय तहमा आएको बजेटको सदुपयोग गर्दै देश समृद्ध बनाउने अभियानमा लाग्न जनप्रतिनिधिलाई आग्रहसमेत गरे। विगतमा एकले अर्कालाई दोषारोपण गरेर उम्किने प्रयास गरेपनि अब भने कुनै बहाना गर्ने ठाउँ नरहेको उनले बताए ।

नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इञ्चार्जसमेत रहनुभएका नेता रावलले स्थानीय तहले स्थानीय उत्पादन, युवा स्वरोजगार, उद्यमशिलता लगायतका क्षेत्रमा लगानी गरेर अगाडि बढ्न सके देशको समृद्धि हुने उल्लेख गरेका थिए । कम्युनिष्टको नेतृत्व भएका स्थानीय तहमा अन्य तहको भन्दा रचनात्मक र उत्कृष्ट कार्यसम्पादन हुनुपर्नेमा उनको जोड थियो ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्द कुँवरले स्थानीय तहले सम्पादन गर्दै आएका कामको मूल्याङकन गरेर प्रदेशबाट सहयोग गरिने बताए ।नगरपालिकाद्वारा आगामी आव २०७६/७७ का लागि रु ७९ करोड ६२ लाख ५९ हजारको बजेट बजेट नगरसभामा प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ८ : १६ बजे

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको