कालोसूचीको मारमा वाइडबडी, २८ देशमा उड्न पाउँदैनन् नेपाली जहाज « Khabarhub

कालोसूचीको मारमा वाइडबडी, २८ देशमा उड्न पाउँदैनन् नेपाली जहाज


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आजको अन्नपूर्ण पोस्टले नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी युरोपियन युनियनको कालोसूचीको मारमा परेको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ । कालोसूचीबाट नहटाउँदा वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन्। यसले निगमलाई करिब दुई अर्ब घाटा भइसकेको छ।

राष्ट्रिय ध्वजाबाहक निगमले एक वर्षअगाडि भित्र्याएको एयरबसको ए३३०–२०० वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन्। नेपालका कुनै पनि जहाजलाई आफ्नो क्षेत्रमा उडान भर्न गरेको निषेधको सिको ईयूबाहेक अन्य मुलुकले पनि गरेका छन्।

दक्षिण कोरियाले युरोपियन (ईयू) कै कालोसूचीका कारण नेपालको वाइडबडीले आफ्नो मुलुकमा प्रवेश नपाएको जनाएको छ। नेपालको जहाजले दक्षिण कोरियामा उडान अनुमति नपाउनुको मुख्य कारण ईयूको कालोसूची भएको उसको भनाइ छ।

कोरियन राजदूत पार्क योङ सिकले ईयूले कालोसूचीबाट नहटाएकाले निगमका वाइडबडीले सियोलमा उडान भर्न नपाएको बताए। राजदूत सिकले नेपालको हवाई सुरक्षाबारे विश्वले नै गम्भीरताका साथ लिएको बताए। उनले अन्नपूर्णसँग भने, ‘कोरियन सरकार नेपालका जहाजलाई रोक्न चाहँदैन, तर ईयूको कालोसूचीका कारण प्रक्रिया अघि बढ्न नसकेको हो।’

उनले दुई साताअघि त्रिभुवन विमानस्थलमा एउटा जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिँदा आउँदै गरेको कोरियन एयरको विमान फर्कनुपरेको थियो। राजदूत पार्कले निगमको वाइडबडी सिओलसम्म परीक्षण उडानका लागि नेपालले पनि चासो नदेखाएको बताए। ‘नेपाल सरकार नै तात्नुपर्छ,’ उनको भनाइ थियो। कोरियन एयरले नेपालमा वार्षिक ७२ हजार सात सय यात्रु बोक्छ।

नेपालले चाहेको लामो दूरीका गन्तव्य चीनको गोन्जाओ, साउदी अरबको रियाद, दक्षिण कोरियाको सिओल, जापानको ओसाका र नारिता, अस्ट्रेलियाका सिडनी आदि हुन्। यीमध्ये ओसाकामा उडान गर्ने प्रक्रिया सुरु भए पनि निश्चित भइसकेको छैन। २०७० मंसिरदेखि ईयूले नेपाललाई कालोसूचीमा राखेको छ।

सीता एयरको जहाज काठमाडौंको मनोहरामा दुर्घटना हुँदा १२ जना बेलायती नागरिकको मृत्यु भएपछि ईयूले नेपाली जहाजलाई कालोसूचीमा राखेको हो।

त्यसैगरी पत्रिकाले नेपालमा लगानी गर्न अब सहज शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । गणतान्त्रिक कोरियाका राजदूत पार्क योङ सिकले नेपाल राजनीतिक स्थिरितामा गएकाले लगानीको वातावरण बनेको बताएका छन् । ‘दुई देशकदेखि खस्थिर राजनीति ३ वर्ष यता स्थिरतातिर गएको छ ।’

त्यसैगरी पत्रिकाले कर्जा विस्तारमा लचिलो शीर्षकमा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समाचारलाई पनि पहिलो पृष्ठमा छापिएको छ ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि मौद्रिक नीति जारी गरेको छ। सरकारको आर्थिक वृद्धिदरको लक्ष्यलाई सघाउनेगरी निजी क्षेत्रमा प्रवाह हुने कर्जा विस्तारलाई मौद्रिक नीतिले जोड दिएको छ।

चालु वर्षको ११ महिनामा निजी क्षेत्रमा प्रवाह हुने कर्जा झण्डै २१ प्रतिशतले बढेको छ। नयाँ मौद्रिक नीतिले निजी क्षेत्रमा जाने कर्जा २१ प्रतिशतसम्म बढ्ने प्रक्षेपण गरेको छ।

अघिल्लो आर्थिक वर्षमा कर्जाको तीव्र विस्तारका कारण लगानीयोग्य साधनको अभाव भएकोमा चालु वर्षमा कर्जा विस्तारको विद्यमान आधारमै उच्च कर्जा विस्तारलाई प्रोत्साहीत गर्नुले मौद्रिक नीति विस्तारकारी भएको विज्ञले टिप्पणी गरेका छन्।

त्यस्तै बाढीमा ४ को मृत्यु, ७ बेपत्ता शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापिएको छ । लमजुङको दोर्दी खोलमा आएको बाढीले बगाउँदा ४ को मृत्यु भएको छ । ७ जना बेपत्ता भएका छन् । मृत्यु र बेपत्ता हुने सबै निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाका कामदार भएको जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ६ : ३३ बजे

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत