सुकुमेल खाँदा स्वास्थ्यमा हुन्छ यस्तो फाइदा | Khabarhub Khabarhub

सुकुमेल खाँदा स्वास्थ्यमा हुन्छ यस्तो फाइदा


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुकमेल सबैलाई चिनेजानेकै मसला हो । यो नियमित भान्सामा प्रयोगमा आउने भए पनि यसका धेरै फाइदाबारे सवैलाई जानकारी नहुन सक्छ ।

सुकमेल सामान्यतया विभिन्न प्रकारका भोजनहरुमा मिठो स्वाद बढाउन प्रयोग गरिन्छ । तर यो बाहेक यसका अन्य थुप्रै फाइदाहरु पनि छन्। सुकमेल अधिक खानु पनि हानिकारक छ स्वास्थको लागी लाभदायी छ भनेर सुकुमेल धेरै खानुहुन्छ भने यो पनि तपाईँको लागि राम्रो हुँदैन ।

यसले स्वास्थमा झन जोखिम निम्त्याउँछ । हरेक दिन दुई देखी तीन वटासम्म सुकुमेल सेवन गर्नु तपाईँको लागि लाभदायी हुनेछ।

के छन् फाइदा ?

मुटुको धड्कनमा सुधारः

आजकल मुटुको रोग सामान्य भएको छ। प्रायः मानिसहरूको मुटुको धड्कन कम हुन्छ। मुटुको धड्कनलाई सही राख्नको लागी सानो सुकुमेल निकै प्रभावकारी हुन्छ। सुकुमेलमा पोटासियम, क्याल्सियम र म्याग्नेसियम जस्ता खनिज पदार्थ पाइन्छ । मानवको रक्त, शरीरमा पाइने तरल पदार्थ र टिसयुजको मुख्य तत्व पोटासियम हो। सुकुमेलमा पोटासियम पर्याप्त मात्रामा पाइन्छ।

फोक्सोको समस्यालाई हटाउछ:
सुकुमेलले फोक्सोमा रक्त संचालनको गतिलाई बढाउँछ। यसले स्वासको समस्या जस्तै चिसो र खोकीबाट राहत प्रदान गर्दछ। आयुर्वेदमा सुकुमेलको परिणाम गर्मी मानिएको छ। जसले शरीरको लागि गर्मी दिन्छ। त्यसकारण यसको सेवन गर्नाले तपाईँको शरीरमा कम भन्दा कम चिसोको असर हुन्छ।

रक्तचाप नियन्त्रण गर्छ:
सुकुमेलको सेवन गर्नाले रक्तचाप नियन्त्रण गर्न प्रभावकारी हुन्छ। मानव शरीरमा धेरैजसो रोगले उच्च रक्तचापको कारण जन्म लिन्छ।
यदि तपाई पनि प्रतिदिन दुईदेखि तीनवटासम्म सुकुमेलको सेवन गर्नु हुन्छ भने तपाइ रक्तचापबाट मुक्त हुनुहुन्छ।

मुखको गन्ध हटाउन
सुकुमेलले स्वाद बढाउनुका साथै माउथ फ्रेश्नरको काम पनि गर्छ। यसको सेवन गर्नाले मुखको गन्धमा सुधार आउछ। यदि तपाईँको मुख धेरै गनाउँछ र मान्छेहरू तपाइको छेउमा पर्न हिचकिचाउँछन् भने हर समय एउटा सुकुमेल मुखमा राख्न सक्नुहुन्छ।

कब्जियतबाट राहत
तपाईंलाई कब्जियत छ भने पनि सुकुमेल पकाएको पानी पिउनाले तपाईँलाई फाइदा गर्छ। यसले तपाईँको पाचन क्रियालाई सही बनाएर कब्जियतबाट राहत पाउन सक्नुहुन्छ।

वैवाहिक जीवनलाई सुखी बनाउन
सुकुमेलको सेवन गर्नाले तपाइको सेक्स लाइफ अर्थात् यौन जीवनलाई पनि राम्रो हुन्छ। प्रत्येक दिन सुकुमेलको प्रयोग गर्नाले तपाईँको यौन जीवन सही रहन्छ र तपाईँको जिवन साथी पनि सधैँ खुशी हुन्छिन्। नपुंसकतामा पनि सुकुमेलको प्रयोग गर्नु फाइदा हुन्छ।

उल्टी हुने समस्यामा राहत
लामो दूरीको यात्रा गर्दा उल्टी हुने समस्या हुन्छ । यात्रा शुरु गर्नुभन्दा पहिला सुकुमेलको प्रयोगले यस समस्यालाई हटाउन मद्दत गर्नेछ। यदि तपाईँलाई यात्रामा सबै समय उल्टीको समस्या हुन सक्छ भन्ने लाग्छ भने तपाईले सम्पूर्ण समय सुकमेललाई मुखमा राख्न सक्नु हुन्छ।

घाँटी दुख्ने समस्या
मौसम परिवर्तन वा सामान्य दिनहरुमा पनि घाँटी दुख्ने समस्याबाट पीडित हुनुहुन्छ भने सुकुमेलको प्रयोग गर्नुहोस्। यसले दुखाइबाट राहत दिन्छ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ७ : १९ बजे

भिजिट भिसा प्रकरणदेखि ‘बहुविवाह’सम्म गरमागरम बहस

काठमाडौं– सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्ष सांसदहरूले गृहमन्त्री

कागतीमा खटिरे र ढुसीजन्य समस्या

चितवन– जिल्लामा लगाइएका कागती खेतीमा क्याङ्कर (खटिरे)र ढुसीजन्य रोगको समस्या

भीमादमा व्यावसायिक अकबरे खुर्सानीखेती

तनहुँ– मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–९ मा

‘राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति नियमावली, २०८२’ जारी 

काठमाडौँ  – नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग

कक्षा १२ को नतिजा : नतिजा ९ प्रतिशतले सुधार हुँदा अंग्रेजीमा ६६ हजार ननग्रेडेड

काठमाडौं- गत वैशाखमा सञ्चालित क्षा १२ को परीक्षाको नतिजा आएको