२ वटा केराको बिल देखेर झण्डै होस उड्यो यी अभिनेताको « Khabarhub

२ वटा केराको बिल देखेर झण्डै होस उड्यो यी अभिनेताको


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विभिन्न पाँच तारे होटेलको खानेकुरा महँगो हुन्छ नै । तर यतिसम्म महँगो होला भनेर बलिउड एक अभिनेताले कल्पनासम्म गरेनन् ।

दुई वटा केरा अर्डर गरेका उनले महँगो बिल आएपछि भिडियो बनाउन बाध्य बनायो । बलिउड अभिनेता राहुल बोसले सार्वजनिक गरेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

उनले एक पाँच तारे होटलमा दुई वटा केरा मगाए। केराको बिल कति नै आउँला र ? राहुलले पक्कै पनि त्यही सोचे तर बिल आयो उनको होश उडाउने। दुई वटा केरा बिल देखेर उनी हेरेको हेर्‍यै भए।

किनकी बिलमा उल्लेखित केराको मूल्य थियो– भारू ४४२। राहुललाई यस्तो बिल पंजाब राज्य स्थित चंढीगढको जेडब्लु मेरियट होटलले दिएको हो । दुई वटा केराको यत्रो बिल आएपछि उनले ट्वीटरमार्फत सार्वजनिक गरे ।

ट्वीट गर्दै उनले ‘यसमा विश्वास गर्न, यसलाई तपाईंले हेर्नुपर्छ। कसले भन्छ फल तपाईंको जीन्दगीका लागि नोक्सान गराउने हुँदैन ? जे डब्लु मेरियट–चण्डगढलाई सोध्नुस्’ लेखेका छन्।

उनले भिडियो पनि पोस्ट गरेका छन्। भिडियोमा उनले अर्डर गरेको केरा र त्यसको बिल देखाएका छन्।जसमा मैले दुई वटा केरा अर्डर गरेको थिएँ रहेर्नुस् दुई वटा केराको बिल भनेका छन् ।

उनको यो भिडियो हाल सामाजिक संजालमा भाइरल भइरहेको छ र यसमा मानिसहरूले विभिन्न प्रतिक्रिया जनाइरहेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ७ : ३५ बजे

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ