२ वटा केराको बिल देखेर झण्डै होस उड्यो यी अभिनेताको | Khabarhub Khabarhub

२ वटा केराको बिल देखेर झण्डै होस उड्यो यी अभिनेताको


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विभिन्न पाँच तारे होटेलको खानेकुरा महँगो हुन्छ नै । तर यतिसम्म महँगो होला भनेर बलिउड एक अभिनेताले कल्पनासम्म गरेनन् ।

दुई वटा केरा अर्डर गरेका उनले महँगो बिल आएपछि भिडियो बनाउन बाध्य बनायो । बलिउड अभिनेता राहुल बोसले सार्वजनिक गरेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

उनले एक पाँच तारे होटलमा दुई वटा केरा मगाए। केराको बिल कति नै आउँला र ? राहुलले पक्कै पनि त्यही सोचे तर बिल आयो उनको होश उडाउने। दुई वटा केरा बिल देखेर उनी हेरेको हेर्‍यै भए।

किनकी बिलमा उल्लेखित केराको मूल्य थियो– भारू ४४२। राहुललाई यस्तो बिल पंजाब राज्य स्थित चंढीगढको जेडब्लु मेरियट होटलले दिएको हो । दुई वटा केराको यत्रो बिल आएपछि उनले ट्वीटरमार्फत सार्वजनिक गरे ।

ट्वीट गर्दै उनले ‘यसमा विश्वास गर्न, यसलाई तपाईंले हेर्नुपर्छ। कसले भन्छ फल तपाईंको जीन्दगीका लागि नोक्सान गराउने हुँदैन ? जे डब्लु मेरियट–चण्डगढलाई सोध्नुस्’ लेखेका छन्।

उनले भिडियो पनि पोस्ट गरेका छन्। भिडियोमा उनले अर्डर गरेको केरा र त्यसको बिल देखाएका छन्।जसमा मैले दुई वटा केरा अर्डर गरेको थिएँ रहेर्नुस् दुई वटा केराको बिल भनेका छन् ।

उनको यो भिडियो हाल सामाजिक संजालमा भाइरल भइरहेको छ र यसमा मानिसहरूले विभिन्न प्रतिक्रिया जनाइरहेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ७ : ३५ बजे

संकटमा जुटेको सहकार्यबाट खुल्न थाले सरकारी कार्यालय 

काठमाडौं– युवाहरूको आन्दोलनपछि देशले निकास खोजिरहेको छ । सुरक्षा निकाय तथा

अड्कियो मन्त्रिपरिषद् विस्तार : भाग खोज्ने धेरै हुँदा प्रधानमन्त्रीलाई समस्या

काठमाडौँ- जेन-जी र अन्य समूहबीच कुरा नमिल्दा मन्त्रीपरिषद् विस्तार अड्किएको

पाटनमा जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको सम्झना (तस्बिरहरू)

काठमाडौं- गत सोमबार काठमाडौंमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झना र

पर्यटन मन्त्रालयको काम नियमित

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम नियमित सञ्चालनमा