बिहानै मापसे गरेर कुदाएको कार पल्टियो | Khabarhub Khabarhub

बिहानै मापसे गरेर कुदाएको कार पल्टियो


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मापसे गरेर कुदाएको कार काठमाडौंको सोह्रखुट्टेमा दुर्घटना भएको छ । ठमेलबाट कालधारा जाँदै गरेको कार बिहान ४ बजे नै दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

बा ११ च २१०३ नम्बरको कार पल्टिएर उत्तानो भएको महानगरीय प्रहरी वृत लैनचौरले जानकारी दिएको छ । महानगरी प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक सन्तोष सिंह राठौरका अनुसार तीव्र गतिको कारले सोह्रखुट्टैको ओरालोको जय श्रीकृष्ण चस्मा पसलमा ठोक्किएर सडकमा उत्तानो परेको थियो ।

कार चालक सागरमाथा राई सकुशल छन् । अगाडी आएको दूधको गाडी जोगाउन खोज्दा दुर्घटना भएको उनको भनाई रहेको प्रहरीले जनाएको छ । मापसे गरेर गुडाइएको कार अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रहरीले सडकको बीचमा उत्तानो परेर रहेको कारलाई बिहानै हटाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ७ : ५९ बजे

किम जोङ उनद्वारा नयाँ युद्धपोत निरीक्षण, अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यासको आलोचना

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो सबैभन्दा उन्नत

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ

काठमाडौं– सुनसरीको कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

फिल्म थ्री इडियट्सका वरिष्ठ अभिनेता अच्युत पोतदारको निधन

काठमाडौं– वरिष्ठ अभिनेता अच्युत पोतदारको ९१ वर्षको उमेरमा निधन भएको

सत्तारुढ दलको निश्कर्ष : उपसभामुख रानालाई हटाउने प्रस्ताव तत्काल अघि नबढाउने

काठमाडौं– सत्तारुढ दलले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्ताव तत्काल

‘बेरोजगार बनेका’ पुष्पले बल्ल पाए फिल्म

काठमाडौं – नायक–नायिकाको करिअरको ग्राफ कुन बेला कता पुग्छ टुङ्गो