दुलाहा १०० वर्ष दुलही १०२, एक वर्षको प्रेमपछि गरे विवाह « Khabarhub

दुलाहा १०० वर्ष दुलही १०२, एक वर्षको प्रेमपछि गरे विवाह


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेमलाई उमेरले छेक्दैन । तपाईं जवान हुँदा होस् वा बुढ्यौली भइसक्दा नै किन नहोस्, प्रेमको अनुभूती दर्शाउनेहरु भेटिन्छिन् समाजमा । हालै एउटा यस्तै रोचक समाचार सार्वजनिक भएको छ ।

अमेरिकामा एक जोडीले हालै विवाह गरे । दुलाहा र दुलहीको उमेर एक सय वर्ष नाघेको छ । अमेरिकाको ओहियोस्थित सय वर्षका जोन र १ सय २ वर्षकी फिलिस कुकले विवाह गरेका हुन् । दुबै पछिल्लो एक वर्षदेखि एक–अर्कालाई डेट गरिरहेका थिए ।

दुबैको भेट गत वर्ष किंग्सटन रेसिडेन्स नामको वृद्धाश्रममा भएको थियो । त्यसपछि उनीहरुको दोस्ती समयसँगै प्रेममा परिणत भयो । उनीहरु एक–अर्कालाई डेट गर्न थाले । उनीहरुको सम्बन्ध हाल विवाह परिणत भयो ।

जोनले आफ्नो विवाहबारे भनेका छन्, ‘यो हाम्रो योजनामा थिएन । तर हाम्रो यहाँ भेट भयो । यहाँ विवाह होला भनेर सपनामा पनि सोचेको थिइनँ ।’

जोनले दोस्रो विश्वयुद्ध लडेका थिए । उनी भर्खरै सय वर्ष पुगेका हुन् । अगस्ट ८ मा फिलिस १ सय ३ वर्ष पुग्नेछिन् । उनकी आमा १ सय ६ वर्ष बाँचेकी थिइन् । करिब १० वर्षअघि उनकी श्रीमतीको निधन भएको थियो ।

यस्तै, फिलिसका श्रीमानको १५ वर्षअघि निधन भएको थियो । श्रीमानको निधनपछि नै उनी वृद्धाश्रममा बस्न थालिन् । त्यही वृद्धाश्रममा गत वर्ष जोन पनि आएपछि आफूहरु प्रेममा परेको फिलिसले बताइन् । ‘तपाईंलाई नढाँटी भन्ने हो भने हामी एक–अर्काको प्रेममा पर्यौं । यो उमेरमा यस्तो भन्दा तपाईंलाई पनि अचम्म लाग्यो होला तर हामी साँच्चै नै प्रेममा थियौं,’ फिलिसले भनिन् । ‘हामीबीच धेरै कुरा मिल्छ, हामी एक–अर्काको साथमा रमाउँछौं,’ जोनले भने ।

यो नवविवाहित जोडीले राम्रो सम्बन्धको कडी के हो भन्ने प्रश्नमा उत्तर दिए, ‘एक–अर्काप्रतिको सम्मानले नै सम्बन्धलाई दिगो बनाउँछ ।’

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ८ : ५३ बजे

६ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ

चितवन– चितवनमा विगत ६ वर्षमा भूमिगत सिँचाइका माध्यमबाट तीन हजार

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने

बेनी-जोमसोम-कोरला सडकको अधिकांश पहिरो हटाइयो, सोमबारसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं– बेनी-जोमसोम-कोरला सडक खण्डका अधिकांश स्थानमा पहिरो पन्छाएर ट्रयाक खोल्ने

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेछ कारोबार

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामन्य वृद्धि भएको छ ।

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र