आकाशबाट खस्यो चुम्बकीय गुण भएको १० किलोको अचम्मको ढुंगा, हेर्नको घुइँचो | Khabarhub Khabarhub

आकाशबाट खस्यो चुम्बकीय गुण भएको १० किलोको अचम्मको ढुंगा, हेर्नको घुइँचो


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको विहारस्थित मधुवनीमा ‘असामान्य’ लाग्ने एउटा ढुंगा आकाशबाट खसेपछि ढुंगा हेर्ने स्थानीयको भीड लगोको छ । आकाशबाट करिब १० किलोको ढुंगा खसेपछि हेर्नेहरूको भीड लागेको हो ।

मधुवनी जिल्लाअन्तर्गत लौकहीको कौरियाही ककहिया बधारमा खसेको सो ढुंगा हेर्न सरकारी अधिकारीहरु पनि पुगेका छन् । सो ढुंगामा चुम्बकीय शक्ति रहेको अधिकारीहरूले बताएका छन् । ढुंगामा चुम्बक लगाउँदा त्यसमा टाासिने प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

उक्त ढुंगा गत सोमबार मध्यान्हको समयमा खसेको समाचारमा जनाइएको छ । ढुंगा खस्दा ठूलो आवाजसँगै धुँवा पनि देखिएको थियो । ढुंगा खसेको समयमा आएको आवाजले सो क्षेत्रमा खेतमा काम गर्ने मजदूरहरु डरले भागेका थिए ।

ढुंगा ५ फिट माटोमा भासिएको थियो । घटनाको जानकारी पाउनसाथ सो क्षेत्रका सीओ त्रिपुरारी श्रीवास्तव र प्रखण्ड प्रमुख वरुण कुमार बिहारी पनि घटनास्थल पुगेका थिए ।

अहिले सो ढुंगालाई प्रहरीले राखेको छ । मधुवन्नीका डिएम कपिल अशोकले ढुंगा अहिले प्रहरीसँग रहेको र छिट्टै सम्बन्धित विशेषज्ञकहाँ पुर्याइने जानकारी दिए । जीवनमा यस्तो ढुंगा आफूले कहिले नदेखेको महराज महेश ठाकुर कलेज दरभंगाका प्राध्यापक चन्द्रमोहन झा पडवाले बताए ।ढुंगा खसेको जानकारी पाउनसाथ आफू ढुंगा रहेको क्षेत्रमा गएको उनले बताए ।

मधुवन्नीमा रहेका सरकारी क्याम्पसका भूगोल विभागका अध्यक्ष डा. शशी भूषण प्रसादका अनुसार यो समान्य ढुंगा होइन । यति ठूलो, त्यसमा पनि चुम्बकीय गुण हुनुले ढुंगालाई असामान्य देखाएको उनको भनाइ छ ।

यो ढुंगालाई अनुसन्धानका लागि दिल्ली प्रयोगशालामा पठाउन उनले अधिकारीहरुसँग माग गरे । बीआरए विश्वविद्यालय भौतिक विभागका विभागाध्यक्ष डा. विजय कुमारले म्याग्नेटिक प्रपर्टी हुनसक्ने बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ९ : ०८ बजे

विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

काठमाडौं – विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका

मेलम्चीको डिआई पाइप खरिदमा अनियमितता भएको उजुरी, अख्तियारले थाल्यो अनुसन्धान

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजना अन्तर्गत

विपिन जोशीको निधनले नेपालीलाई गहिराे पिडा दियो :सभामुख घिमिरे

काठमाडौं – इजरायलमा हमासको आक्रमणपछि अपहरणमा परेका नेपाली विद्यार्थी विपिन

नेपालको आर्थिक वृद्धिदरबारे यस्तो छ ‘आइएमएफ’को प्रक्षेपण

काठमाडौं – अन्तरराष्ट्रिय मुद्राकोष (आइएमएफ)ले नेपालको आर्थिक वृद्धिदर सन् २०२५

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट पेस

काठमाडौं – सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा